राजनीतिक पूर्वाग्रह, प्रशासनिक उदासिनता र ठेकेदारको लापरबाहीले डुडुवाको विकास अबरूद्ध भयो : इश्तियाक राई

राजनीतिक पूर्वाग्रह, प्रशासनिक उदासिनता र ठेकेदारको लापरबाहीले डुडुवाको विकास अबरूद्ध भयो : इश्तियाक राई

नेपालगन्ज ६ फागुन : नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर–२ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफू डुडुवा गाउँपालिकालाई नेपालगन्जसँगसँगै विकसित गराउन लागिपर्ने बताएकाछन् । 

आज डुडुवा गाउँपालिकाको वडा नं २ मा आयोजित चुनावी कार्यक्रममा उम्मेदवार राईले डुडुवा नेपालगन्ज जस्तै विकसित होस्, भनेर यहाँ पूर्वाधार निर्माणमा आफ्नो धेरै चासो रहेको जानकारी दिए ।

यो पनि एमाले उम्मेदवार राईको प्रतिबद्धता सार्बजनिक, ‘समृद्ध नेपालगञ्ज–डुडुवा, हाम्रो प्रतिबद्धता’ नारा

पूर्वमन्त्री समेत रहेका राईले भने–‘मैले नेपालगन्ज र डुडुवालाई पक्षपात गरेर कहिल्यै हेरेको छैन। मेरा लागि दुबै बराबर हुन् । त्यसैले मेरो प्रतिबद्धतापत्र हेर्नुभयो भने पनि तपाइँहरूले थाहा पाउनुहुन्छ कि मैले नेपालगन्ज–डुडुवा भनेर त्यहाँ उल्लेख गरेको छु । बीचमा र पनि छैन । दुवै ठाउँको विकासले मेरो लागि उत्तिकै महत्व राख्छ ।’ 

डुडुवाको विकासमा कतिपय स्थानीय नेताहरूको गलत राजनीतिक रबैयाले बाधा पु¥याएको पनि राईको आरोप थियो । उनले डुडुवा गाउँपालिकामा फुसको छानो  विस्थापित गरेर सुरक्षित घर बनाउने आफ्नो योजनामा डुडुवा गाउँपालिकाले भाँजो हालेको बताए ।

यो पनि बाँके–२ मा तेस्रो जित हात पार्दै पुनरागमन गर्ने दाउमा इश्तियाक

त्यस्तै राजनीतिक र प्रशासनिक वेपरवाह अनि असहयोगले डुडुवा क्षेत्रमा सडक सञ्जाल र पूल निर्माणका कामहरूले गति लिन नसकेको पनि उम्मेदवार राईले दाबी गरे । आफू भौतिक मन्त्री हुँदा डुडुवा क्षेत्रमा सुरु गरेका ८ वटा पुलमध्ये एउटा मात्र अहिलेसम्म पूरा भएको, राप्ती नदीमा बन्दै गरेको डबल लेन पुलको काम ७० प्रतिशत पूरा भइसकेको तथा केही निर्माणाधिन र एउटाको काम नै सुरु हुन नसकेको राईले जानकारी दिए । यी सबै पुलहरू अहिलेसम्म बन्न नसक्नुमा राजनीतिक पूर्वाग्रह, ठेकेदारको लापरवाही र प्रशासनिक उदिसनता रहेको राईको भनाई थियो ।

यो पनि धम्बोझीमा ईश्तियाकले भने–‘ठूलो दलमा आएपछि झनै काम गर्न सक्ने विश्वास बढेकोछ’

Duduwa Tato hawa Bachau Image

राईले आफू विजयी भएमा डुडुवा खोलाको नदी कटान र डुबानको समस्या समाधान गर्न तटबन्ध निर्माण गर्ने बताए । नेपालगन्ज–विर्ता–पुरैना हुँदै बेतहनी–अमृतपुर्वा–मिलनचोक राँझा जोड्ने सडक योजना आफूले ल्याएको र त्यसको अझैं आधा काम बाँकी रहेको राईले बताए । अब निर्वाचित भएपछि बाँकी रहेको काम पूरा गर्ने पनि उनको दाबी थियो ।

यो पनि प्रतिस्पर्धी उम्मेदवारहरूलाई इश्तियाक राईको धन्यवाद !  

यो पनि देशका धरोहर र सरकारी संरचना जलाउनेलाई कहिल्यै माफी हुन सक्दैन : राई