धम्बोझीमा ईश्तियाकले भने–‘ठूलो दलमा आएपछि झनै काम गर्न सक्ने विश्वास बढेकोछ’

धम्बोझीमा ईश्तियाकले भने–‘ठूलो दलमा आएपछि झनै काम गर्न सक्ने विश्वास बढेकोछ’

नेपालगन्ज २८ माघ : प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आफू विजयी भएमा बाँकेको विकासमा उल्लेख्य काम गर्नसक्ने विश्वास झनै बढेर आएको बताएकाछन् । 

आज बुधबार विहान वडा नं १ धम्बोझीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उम्मेदवार राईले आफ्नो काम गराईलाई वडा नं १ ले राम्ररी महसुस गरेको पनि दाबी गरे ।

आफू सांसद र मन्त्री छँदा वडा नं १ मा कार्यान्वयन गरेका आयोजनाहरूको दृष्टान्त दिँदै राईले वडा नं १ आफूले सबैभन्दा धेरै माया गर्ने मध्येको एक भएको बताए । ‘यहाँका वडाध्यक्ष र म पहिले फरक पार्टीमा थियौं, विचारधारा पनि फरक थियो । तर, आफ्नो ठाउँको विकासको सवालमा भने हाम्रो कुरा मिल्यो । वहाँ पनि काम गर्न चाहने मान्छे, म पनि। हामीले यो वडामा वाटरपार्क, चिल्ड्रेन पार्क, ब्याडमिन्टन कोर्ट, भवनहरू निर्माण अनि बाटोघाटो बनाउन मिलेर काम ग¥यौं ।’, राईले भने, ‘फेरि पनि मलाई जिताउनुभयो भने म यहाँको मुहार फेर्नका लागि विकास निर्माणका थुप्रै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

यो पनि प्रतिस्पर्धी उम्मेदवारहरूलाई इश्तियाक राईको धन्यवाद !

पछिलो ३ वर्ष प्रतिनिधसभामा बाँके क्षेत्र नं २ को भूमिका विर्सनलायक रहेको राईको भनाई थियो । उनले आफ्नो कार्यकाल र अरूको विगतको कार्यकाल तुलना गरेर मूल्यांकन गर्न पनि मतदाताहरूसमक्ष आग्रह गरे । आफू विगतमा सानो पार्टीमा हुँदा समेत बाँकेमा उल्लेख्य विकास निर्माणका आयोजनाहरू ल्याउन सफल भएको बताएका राईले भने, ‘अहिले त म नेकपा एमालेबाटै उम्मेदवार छु । अध्यक्ष केपी ओली जीको नेतृत्वमा मन्त्री छँदा त काम गर्न सकें भने अब यहीँ नै आएपछि झन कति काम गर्न सक्छु होला! तपाइँहरूले बुझ्नुभएकै छ ।’

यो पनि देशका धरोहर र सरकारी संरचना जलाउनेलाई कहिल्यै माफी हुन सक्दैन : राई 

Duduwa Tato hawa Bachau Image

राईले कार्यक्रममा जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका धम्बोझीका २ युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको सम्मानमा आफूबाट हुनसक्ने सहयोग गर्न ईच्छुक रहेको पनि बताए । शहीद युवाहरूको सम्मानमा शहीद गेट र शालिक बनाउने वडा नं १ को कार्यक्रमको सह्राना पनि राईले गरेका थिए ।

त्यस्तै उम्मेदवार राईले आजै वडा नं १ धम्बोझीमा घरघरै पुगेर मतदाताहरूसँग भेटघाट समेत गरेका थिए ।