प्रतिस्पर्धी उम्मेदवारहरूलाई इश्तियाक राईको धन्यवाद !

प्रतिस्पर्धी उम्मेदवारहरूलाई इश्तियाक राईको धन्यवाद !

नेपालगन्ज २७ माघ : प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले उठाएका मुद्दाहरूलाई अरू प्रतिस्पर्धीहरूले पनि उठाएकोमा सह्राना गरेकाछन् । 

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा नेकपा एमालेको कार्यालय उद्घाटन गर्दै एमालेबाट उम्मेदवार रहेका राईले भने, “मैले यहाँको आवश्यकताअनुसार उठाएका मुद्दाहरूलाई अरू दलका उम्मेदवारहरूले पनि क्यारी गर्न थाल्नुभएको छ । वहाँहरूलाई विशेष धन्यवाद छ।”

बाँके क्षेत्र नं २ का मतदाताहरूको घरघरै पुगेर आफूले अहिले वहाँहरूको माग र चाहना बुझ्ने काम गरिरहेको बताएका राईले सोहीअनुसार फागुन ४ गते आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्ने जानकारी पनि दिए ।

यो पनि देशका धरोहर र सरकारी संरचना जलाउनेलाई कहिल्यै माफी हुन सक्दैन : राई 


Duduwa Tato hawa Bachau Image

राईले काम गरेको इतिहास र भविष्यमा पनि तुलनात्मकरूपमा काम गर्न सक्ने व्यक्तिलाई निर्वाचित गर्न समेत मतदाता समक्ष आग्रह गरे । कार्यालय उद्घाटनपछि राईले वडा नं ४ मा मतदाताहरूको घरघरै पुगेर भेट गरेका थिए ।