एमाले उम्मेदवार राईको प्रतिबद्धता सार्बजनिक, ‘समृद्ध नेपालगञ्ज–डुडुवा, हाम्रो प्रतिबद्धता’ नारा

एमाले उम्मेदवार राईको प्रतिबद्धता सार्बजनिक, ‘समृद्ध नेपालगञ्ज–डुडुवा, हाम्रो प्रतिबद्धता’ नारा

नेपालगन्ज ४ फागुन : नेकपा एमाले बाँकेले प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का आफ्ना उम्मेदवारको प्रतिवद्धता पत्र सोमबार सार्बजनिक गरेको छ । नेपालगञ्ज आज आयोजित एक कार्यक्रमका बीच राईले ’समृद्ध नेपालगञ्ज–डुडुवा)हाम्रो प्रतिबद्धता’ भन्ने मुख्य नाराका साथ प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । 

विभिन्न विषयलाई समेटेर तयार गरिएको उक्त पत्रमा पुर्वाधार तथा सहरी विकास, कृषि तथा अनुसन्धान, सामाजिक सुरक्षा, धर्म संस्कृति संरक्षण, पर्यटन विकास, औद्योगिक ब्यापारिक र रोजगारी विकास, शैक्षिक विकास, स्वास्थ्य क्षेत्रको विकास, सुशासन र प्रविधि विकास, सामाजिक न्याय र समावेशी विकास, व्यवस्थित बसोबासलाई समेटिएको छ । 

यो पनि बाँके–२ मा तेस्रो जित हात पार्दै पुनरागमन गर्ने दाउमा इश्तियाक

यस्तै नीतिगत सुधार सम्बन्धमा गरिबी न्यूनीकरण र मानव विकास, शिक्षा र सामाजिक जागरण, धार्मिक सद्भाव र सामाजिक एकता, पर्यटन सहरी व्यवस्थापन र आर्थिक अवसर, लागुऔषध नियन्त्रण र सुरक्षित समाज  निर्माण गर्ने पनि उल्लेख गरिएको छ ।

यसैगरी पुर्वाधार विकास तथा सहरी विकासतर्फ नेपालगन्जमा आकाशे पुल, आधुनिक क्रिकेट रंगशाला, आधुनिक सुविधा सम्पन्न पार्क निर्माण, बाढी र डुबान नियन्त्रण गर्न आवश्यक ठाउँमा तटबन्ध निर्माण, नेपालगन्ज र डुडुवा क्षेत्रभित्र प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा सडक विस्तार, नेपालगन्ज–नरैनापुर–दाङ जोड्ने सडक निर्माणको पहल गर्ने, सिक्टा सिचाइँ आयोजनालाई आगामी ५ वर्षभित्र सम्पन्न गरी नहर विस्तार गर्दै क्षेत्र नम्बर २ मा समेत सिचाइँ पुर्याउने उम्मेदवार राईले प्रतिवद्धता गरेका छन् ।

यो पनि धम्बोझीमा ईश्तियाकले भने–‘ठूलो दलमा आएपछि झनै काम गर्न सक्ने विश्वास बढेकोछ’

बाँकेको नौवस्ता औद्योगिक क्षेत्रलाई ५ वर्षभित्रमा निर्माण पुरा गरी पूर्ण रुपमा सञ्चालनमा ल्याउन पहल गर्ने, कुटनीतिमार्फत आइसिपीलाई सुख्खा बन्दरगाहका रुपमा विकास गर्न पहल गर्ने, महेन्द्र बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय विश्वविद्यालयका रुपमा विकास गर्ने, भेरी अस्पतालमा अत्याधुनिक र व्यवस्थित मर्चरी चेम्बर(शव राख्ने) सेवा सुदृढ गरिनुका साथै व्यवस्थित पोष्टमार्टमका लागि संरचनागत सुधार गर्ने, कृषकहरुका लागि मलखाद, बीउ र सिंचाइसहित आधुनिक कृषि औजार तथा प्रविधिको पर्याप्त व्यवस्था सुनिश्चित गर्ने प्रतिवद्धता पत्रमा समेटिएको छ । 

Duduwa Tato hawa Bachau Image

प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर, गोबर्धनधाम, सन्तानेश्वर, बर्फानी बाबा, कम्मरसा बाबा लगायत धार्मिक आस्थाका केन्द्रहरुको प्रचार–प्रसारमार्फत धार्मिक पर्यटन तथा सद्भाव प्रबद्र्धन गरिने, राप्ती नदीको सिधनिया घाटमा निर्माण गर्न लागिएको बैकुण्ठधाम सिधनिया घाटलाई पूर्णता दिइने, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै हुम्लाको हिल्सासम्म पर्यटन प्रबद्र्धन हेतु सडकमार्ग विस्तार गर्न पहल गर्ने, नयाँ पुस्ताले समेत उठाएको सुशासन कायम र भ्रष्टाचारमुक्त सरकारी सेवाको माग पुरा गर्न पहल गर्ने प्रतिबद्धता गरिएको छ ।

यो पनि प्रतिस्पर्धी उम्मेदवारहरूलाई इश्तियाक राईको धन्यवाद !  

यो पनि देशका धरोहर र सरकारी संरचना जलाउनेलाई कहिल्यै माफी हुन सक्दैन : राई