एसईईमा शून्य नतिजा ल्याउने बाँकेका १६ विद्यालय (नामसहित)

एसईईमा शून्य नतिजा ल्याउने बाँकेका १६ विद्यालय (नामसहित)

नेपालगन्ज १९ असार : माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा यसपटक बाँके कमजोर बनेकोछ । भर्खरै सार्वजनिक भएको एसइईको नतिजामा बाँके कमजोर पाइएपछि सम्बद्ध सरोकारवाला चिन्तित बनेका छन् । एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिका रहेको बाँकेमा १०१ वटा सामुदायिक र ९७ वटा निजी विद्यालय गरी १९८ वटा माध्यमिक विद्यालय छन् । 

यो पनि  शतप्रतिशत विद्यार्थी पास गराउने बाँकेका संस्थागत विद्यालय (नामसहित)

शिक्षा र स्वास्थ्यको हबका रुपमा परिचित बाँकेका १६ वटा विद्यालयले एसईई परीक्षामा एक जना पनि विद्यार्थी पास गराउन सकेनन् । जसमा १२ वटा सामुदायिक विद्यालय छन् भने ४ वटा संस्थागत विद्यालय छन् । नेपालगन्ज उपमहानगरपालिकाले नै चलाइरहेको नेपालगन्ज कन्या माविले पनि एक जना पनि विद्यार्थी पास गराउन सकेन । बाँकेका १० वटा विद्यालयले शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराएकाछन् । शतप्रतिशत नतिजा ल्याउने सबैं संस्थागत विद्यालयहरु छन् ।

यो पनि खस्कियो बाँकेको एसइई नतिजा, १६ विद्यालयको नतिजा शून्य

सामुदायिकतर्फ सबैभन्दा राम्रो नतिजा ल्याउने खजुरा गाउँपालिकाको जनता मावि सन्तकुटी विद्यालय नै राम्रो नतिजा क्रममा १८ औं नम्बरमा छ । उक्त विद्यालयमा ९४ दशमलव ६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै शतप्रतिशत नतिजा ल्याउने १० विद्यालय छन् । ती सबै विद्यालय भने संस्थागत विद्यालय हुन् । भने १० वटा विद्यालयमा एक जना मात्र उत्तीर्ण भएकाछन् । सामुदायिक विद्यालयतर्फ ईश्वरी मावि एच गाउँबाट सबैभन्दा बढी ८०.६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएकाछन् । 

यो पनि खस्कदोँ बाँकेको शैक्षिक प्रणाली, एसईईमा ३२ दशमलव ३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

यसपटक एसईईमा शून्य नजिता ल्याउने सामुदायिक विद्यालयहरुमा जानकी मावि खजुराखुर्द १६ जना, महाराजा मावि नेपालगन्ज ५८ जना, अनाथालय मावि गौसिया नेपालगन्ज १२ जना, जनता मावि रझेना ३४ जना, सिद्धेश्वर मावि लौकी राप्तीसोनारी २० जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए । 

यो पनि बाँकेका ६ हजार ३ सय ३ विद्यार्थी पुरक परीक्षामा सहभागि हुने

यस्तै सरस्वती मावि पनेरिया ३४ जना, नेरामावि गोधहना खजुरा ३१ जना, नेरामावि भाटनपुर्वा २४ जना, नेरामावि नेउलापुर २६ जना, नेपालगन्ज कन्या स्कुल ३८ जना, आयशा मदरशा तुल बनत २६ जना र मावि जोगागाउँ १७ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए ।

यसैगरी एसईईमा शून्य नतिजा ल्याउने संस्थागततर्फका विद्यालयमा चन्द्रमेवालाल इङगलिस मिडियम स्कुल रानीतलाउ ११ जना, सिटी पब्लिक हाई स्कुल नेपालगन्ज ७ जना, फ्लोरिडा एकेडेमी ५ जना र एभरेष्ट सैनिक आवासिय मावि कोहलपुर १६ जना परीक्षामा सहभागि भएका थिए । यी सबैजना फेल हुँदा उनीहरु अध्ययनरत विद्यालय सबैको नतिजा शून्य आएको हो । 

यो पनि यस्तो छ एसईई पूरक परीक्षा समय तालिका

Duduwa Tato hawa Bachau Image