खस्कदोँ बाँकेको शैक्षिक प्रणाली, एसईईमा ३२ दशमलव ३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

खस्कदोँ बाँकेको शैक्षिक प्रणाली, एसईईमा ३२ दशमलव ३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

नेपालगन्ज १६ असार : बाँकेको यसवर्षको एसईईको परीक्षाको नतिजा अघिल्ला वर्षहरू भन्दा निकै खस्कियो । परीक्षामा सहभागीमध्ये ३२ दशमलव ३२ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भए । आधा भन्दा धेरै विद्यार्थी एसईईको परीक्षामा अनुत्तीर्ण भएपछि यतिबेला समग्र बाँकेको शैक्षिक प्रणालीमाथि प्रश्न खडा भएकोछ । 

२०८० सालको एसईई परीक्षामा जिल्लाका कुल ९ हजार २ सय ९३ विद्यार्थी सम्मलित भए । यी विद्यार्थी मध्ये आधा भन्दा धेरै विद्यार्थी एसईई परीक्षामा अनुत्र्तीण भएको पाइएको हो ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेपछि यतिबेला समग्र बाँकेको शैक्षिक अवस्थामाथि प्रश्न उठेकोछ ।

कुल ९ हजार २ सय ९३ जना सम्मलित एसईईको परीक्षामा ६ हजार ३०३ जना विद्यार्थी अनुत्तीर्ण भएकाछन् । तीन हजार ४ जना विद्यार्थी उत्र्तीण हुँदा एक विषय लागेका विद्यार्थीको संख्या एक हजार २३८ र दुई विषय लागेका विद्यार्थीको संख्या एक हजार २२४ रहेको तथ्यांकले देखाएकोछ । यस्तै एनजी(अवर्गिकृत) संख्या ६ हजार ३०३ जना रहेका छन् । यो भनेको एसईईमा फेल भएका हुन् । 

यसपटकको एसईई परीक्षामा बाँकेका २६१ जना विद्यार्थीले ए प्लस, ९३१ विद्यार्थीले ए, एक हजार ९१ जना विद्यार्थीले बी प्लस, ६३० जना विद्यार्थीले बी र ९१ जना विद्यार्थीले सी प्लस ल्याएका छन् ।

Duduwa Tato hawa Bachau Image