शतप्रतिशत विद्यार्थी पास गराउने बाँकेका संस्थागत विद्यालय (नामसहित)

शतप्रतिशत विद्यार्थी पास गराउने बाँकेका संस्थागत विद्यालय (नामसहित)

नेपालगन्ज १९ असार : माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा यसपटक बाँके कमजोर बनेकोछ । भर्खरै सार्वजनिक भएको एसइईको नतिजामा बाँके कमजोर पाइएपछि सम्बद्ध सरोकारवाला चिन्तित बनेका छन् । एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिका रहेको बाँकेमा १०१ वटा सामुदायिक र ९७ वटा निजी विद्यालय गरी १९८ वटा माध्यमिक विद्यालय छन् । 

यो पनि खस्कियो बाँकेको एसइई नतिजा, १६ विद्यालयको नतिजा शून्य

कोहलपुर क्षेत्रका ३, नेपालगन्ज क्षेत्रका ४, बैजनाथ गाउँपालिकाका २ र खजुरा गाउँपालिकाका १ गरि जम्मा १० वटा संस्थागत विद्यालयले शतप्रतिशत विद्यार्थी पास गराउन सफल भएकोछ । नेपालगन्ज उपमहानगरपालिकामा रहेको स्प्रिङडेल एकेडेमी कारकाँदोका ३७ जना, सगरमाथा इङगलिस बोर्डिङ स्कुल कारकाँदो ३२ जना, भेरी विद्या मन्दिर राँझाका ७ जना र ब्राइट होप एकेडेमीका १७ जना विद्यार्थीले एसईई दिएका थिए । उनीहरु सबैजना पास हुदा यी विद्यालय शतप्रतिशत विद्यार्थी पास गराउन सफल भए ।

यो पनि खस्कदोँ बाँकेको शैक्षिक प्रणाली, एसईईमा ३२ दशमलव ३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

यस्तै जनज्योती पब्लिक स्कुल कोहलपुरका ५६, जीवनज्योती स्कुलका ४१ जना र पञ्चमुखी इङगलिस मिडियम स्कुलका ३८ जना विद्यार्थी परीक्षामा सम्मलित भएका थिए । उनीहरु सबै जना पास हुँदै यी विद्यालय शतप्रतिशत विद्यार्थी पास गराउन सफल भए ।

यसैगरी भेरी फ्युचर स्टार इङगलिस मिडियम स्कुल बैजनाथका १४ जना, स्काईल्याण्ड इङगलिस मिडियम स्कुल बैजनाथका १९ जना तथा गुराँस चाइल्डहुड एकेडेमी सितापुर खजुराका २३ जना विद्यार्थी शतप्रतिशत पास हुँदै विद्यालयको नाम शतप्रतिशत विद्यार्थी पास गराउनेमा दर्ज गराए ।

यो पनि बाँकेका ६ हजार ३ सय ३ विद्यार्थी पुरक परीक्षामा सहभागि हुने

उत्तीर्ण हुनेभन्दा अनुत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या धेरै भएकाले बाँकेको शैक्षिक प्रणाली र ठूलो रकम खर्चेर आफ्ना बच्चा पढाइरहेका अभिभावकलाई यतिबेला हाईसन्चो छैन । पठनपाठनलाई कसरी प्रभावकारी बनाउने ? विद्यार्थी र अभिभावकलाई शिक्षाप्रति चासो कसरी बनाउने र सरकारले कस्तो नीति बनाउने  लगायतको विषयमा प्रश्न उब्जिएकोछ । नेपालगन्जका नाम चलेका संस्थागत विद्यालय यो दौडमा पछि परेकाछन् । अभिभावकसँग चर्को शुल्क असुल्ने यी विद्यालयको शैक्षिक अवस्था एसईईले छरपस्ट पारिदिएकोछ । 

नेपालगन्जमा नाम चलेका अझ उपमहानगरपालिकाले वर्गीकरण गरेका विद्यालयको अवस्था नाजुक छ । नेपालगन्जमा नाम चलेका संस्थागत विद्यालयहरुमा आर्दश मावि, ब्राइटल्याण्ड मावि, एञ्जल्स स्कुल, जय बागेश्वरी स्कुल, एविसी रेसिडेन्टियल, गोल्डेन एविसी, मोर्डन पब्लिक हाइ स्कुल, ब्राइटल्याण्ड, सनबीम इङगलिस मिडियम, गोरखा उनाईटेड, वोस्टजोन इङगलिस मिडियम, युनाईटेड एजुकशनल एकेडेमी, सोफिया रेसिडेन्टियल लगायतका विद्यालय छन् । यी विद्यालयले यसपटकको एसईई परीक्षामा शतप्रतिशत विद्यार्थी पास गराउन सकेनन् । यद्यपी कतिपयको नतिजा भने सन्तोषजनक रहेकोछ ।  

यो पनि यस्तो छ एसईई पूरक परीक्षा समय तालिका

Duduwa Tato hawa Bachau Image