बाँकेका ६ हजार ३ सय ३ विद्यार्थी पुरक परीक्षामा सहभागि हुने

बाँकेका ६ हजार ३ सय ३ विद्यार्थी पुरक परीक्षामा सहभागि हुने

नेपालगन्ज १७ असार : आगामी साउन २३ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) परीक्षामा बाँकेका ६ हजार ३ सय ३ विद्यार्थी सहभागि हुने भएकाछन् । बाँकेमा एक विषय लागेका विद्यार्थीको संख्या एक हजार २३८ र दुई विषय लागेका विद्यार्थीको संख्या एक हजार २२४ रहेको छ ।

यस्तै एनजी(अवर्गिकृत) संख्या ६ हजार ३०३ जना रहेका छन् । यो भनेको एसईईमा फेल भएका हुन् । यी सबैलाई जोड्दा बाँकेका ६ हजार ३ सय ३ विद्यार्थी पुरक परीक्षामा सहभागि हुने भएकाहुन् । यसअघि दुई विषयमा नन ग्रेडेड (अनुत्तीर्ण) भएका विद्यार्थी पुरक परीक्षामा सहभागि हुन पाउने व्यवस्था भएपनि शिक्षा मन्त्रालयले ‘एनजी’ आएका सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बाँकेमा यो संख्या बढेको हो ।

यसवर्षको एसईईको परीक्षामामा सहभागीमध्ये ३२ दशमलव ३२ प्रतिशत मात्र बाँकेका विद्यार्थी उत्तीर्ण भएका छन् । आधा भन्दा धेरै विद्यार्थी एसईईको परीक्षामा अनुत्तीर्ण भएपछि यतिबेला समग्र बाँकेको शैक्षिक प्रणालीमाथि प्रश्न खडा भएकोछ ।  २०८० सालको एसईई परीक्षामा जिल्लाका कुल ९ हजार २ सय ९३ विद्यार्थी सम्मलित भएका थिए । यी विद्यार्थी मध्ये आधा भन्दा धेरै विद्यार्थी एसईई परीक्षामा अनुत्तीर्ण भएको पाइएको हो । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेपछि यतिबेला समग्र बाँकेको शैक्षिक अवस्थामाथि प्रश्न उठेकोछ । कुल ९ हजार २ सय ९३ जना सम्मलित एसईईको परीक्षामा ६ हजार ३०३ जना विद्यार्थी अनुत्तीर्ण भएकाछन् । 

तीन हजार ४ जना विद्यार्थी उत्तीर्ण हुँदा एक विषय लागेका विद्यार्थीको संख्या एक हजार २३८ र दुई विषय लागेका विद्यार्थीको संख्या एक हजार २२४ रहेको तथ्यांकले देखाएकोछ । यस्तै एनजी(अवर्गिकृत) संख्या ६ हजार ३०३ जना रहेका छन् । यो भनेको एसईईमा फेल भएका हुन् । यसपटकको एसईई परीक्षामा बाँकेका २६१ जना विद्यार्थीले ए प्लस, ९३१ विद्यार्थीले ए, एक हजार ९१ जना विद्यार्थीले बी प्लस, ६३० जना विद्यार्थीले बी र ९१ जना विद्यार्थीले सी प्लस ल्याएका छन् ।

Duduwa Tato hawa Bachau Image