यस्तो छ एसईई पूरक परीक्षा समय तालिका

यस्तो छ एसईई पूरक परीक्षा समय तालिका

नेपालगन्ज १८ असार : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो । परीक्षा बिहानको ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

यो पनि खस्कदोँ बाँकेको शैक्षिक प्रणाली, एसईईमा ३२ दशमलव ३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि पनि पूरक परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ । तर, परीक्षाफल रद्द भएकाहरुले भने पुरक परीक्षामा सहभागी हुन पाउने छैनन् ।

पूरक परीक्षाका लागि यो वर्षदेखि बोर्डले अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ । त्यसका लागि बोर्डको वेबसाइट www.see.gov.np बाट फाराम लिन सकिनेछ । ग्रेडबृद्धि पूरक परीक्षाका लागि विद्यार्थीले ५ सय रुपैयाँ बुझाउनु पर्ने बोर्डले उल्लेख गरेको छ । गत बिहीबार प्रकाशित एसईईको नतिजाअनुसार देशभर २ लाख ४२ हजार ३१३ विद्यार्थी नन ग्रेडेड भएका छन् ।

यो पनि एसईई पुरक परीक्षा साउन २३ गतेदेखि हुने

यसैबीच, आगामी साउन २३ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) परीक्षामा बाँकेका ८ हजार ७ सय ६५ विद्यार्थी सहभागि हुने भएकाछन् । बाँकेमा एक विषय लागेका विद्यार्थीको संख्या एक हजार २३८ र दुई विषय लागेका विद्यार्थीको संख्या एक हजार २२४ रहेको छ ।

यो पनि बाँकेका ६ हजार ३ सय ३ विद्यार्थी पुरक परीक्षामा सहभागि हुने

यस्तै एनजी(अवर्गिकृत) संख्या ६ हजार ३०३ जना रहेका छन् । यो भनेको एसईईमा फेल भएका हुन् । यी सबैलाई जोड्दा बाँकेका ८ हजार ७ सय ६५ विद्यार्थी पुरक परीक्षामा सहभागि हुने भएकाहुन् । यसअघि दुई विषयमा नन ग्रेडेड (अनुत्तीर्ण) भएका विद्यार्थी पुरक परीक्षामा सहभागि हुन पाउने व्यवस्था भएपनि शिक्षा मन्त्रालयले ‘एनजी’ आएका सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बाँकेमा यो संख्या बढेको हो ।

यसवर्षको एसईईको परीक्षामा सहभागीमध्ये ३२ दशमलव ३२ प्रतिशत मात्र बाँकेका विद्यार्थी उत्तीर्ण भए । २०८० सालको एसईई परीक्षामा बाँकेका कुल ९ हजार २ सय ९३ विद्यार्थी सम्मलित भएका थिए । यी विद्यार्थी मध्ये आधा भन्दा धेरै विद्यार्थी एसईई परीक्षामा अनुत्र्तीण भएको पाइएको हो । 

Duduwa Tato hawa Bachau Image