फागुन १८ गते रातीदेखि बाँके जिल्लाका सम्पूर्ण सीमा नाका बन्द
File Photo
- | राजनीति | नेपाखबर | अपराध–घटना
- १३ फागुन २०८२, बुधवार
- Sansar simkhada
नेपालगन्ज १३ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गर्दै बाँके जिल्लाको भातरसँग जोडिएका सम्पूर्ण सीमानाका बन्द गरिने भएको छ । निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वशनिय बनाउन सीमानाका बन्द गरिने भएको बाँके प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेले आज एक सूचना प्रकाशित गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई निष्पक्ष, भयरहित र विश्वशनीय वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएका बाँके जिल्लाका सम्पूर्ण सीमा नाकाहरु फागुन १८ गते मध्यराती १२ बजेदेखि फागुन २१ गते मध्यराती १२ बजेसम्म बन्द रहने जनाएको छ ।
यो पनि बाँके प्रशासनद्वारा होली र रमजान संयमित रूपमा मनाउन आग्रह
यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील
बाँके जिल्ला को दक्षिणतर्फ भारतसँग करिब ६५ किलोमिटर जति सीमा जोडिएको छ । यो सीमा मुख्य रूपमा भारतको उत्तर प्रदेश सँग जोडिएको छ, जहाँ जमुनाहा–रूपैडीहा लगायत साना–ठूला सीमावर्ती क्षेत्र पर्दछन् ।
यो पनि बाँकेमा आचारसंहिता उल्लंघनविरुद्ध अनुगमन तीव्र
यो पनि बाँकेमा जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य
यस क्षेत्रमा मूख्यरुपमा जमुनाहा नाकासहित साइगाउँ (स्थानीय आवतजावत हुने सीमावर्ती क्षेत्र), खजुरा गाउँपालिका सीमा क्षेत्र (साना स्थानीय मार्ग र आवतजावत), जानकी गाउँपालिका सीमा क्षेत्र (ग्रामीण सीमा आवतजावत हुने क्षेत्र) र नरैनापुर गाउँपालिका सीमा क्षेत्र (लामा खुला सीमा फैलिएको क्षेत्र) सीमा नाकाका रुपमा रहेका छन् ।
यो पनि बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघनका १६ घटना
यो पनि बाँकेमा निर्वाचन आचारसंहिता पालना गराउदैँ समिति
यो पनि बाँकेका ८ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
यो पनि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
यो पनि बाँकेमा लाइसेन्स प्राप्त हातहतियार ५ सय ५५, बुझाइयो ७५ थान मात्र
यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)





0 Comments