बाँकेका ८ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

बाँकेका ८ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

नेपालगन्ज ५ फागुन : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १६ दिन बाँकी रहँदा बाँकेमा ८ जना उम्मेदवारले मात्रै बैंक खाता खोलेकाछन् । 

जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवार भएका ५६ जनामध्ये आठ जनाले मात्रै निर्वाचन खर्च परियोजनका लागि बैँक खाता खोलेका हुन् ।

यसरी बैक खाता खोल्नेमा बाँके निर्वाचन क्षेत्र नम्बर–१ मा चार जना, निर्वाचन क्षेत्र नम्बर–२ मा दुई जना र निर्वाचन क्षेत्र नम्बर–३ मा दुई जना गरी जम्मा आठ जना उम्मेदवारले मात्र बैँक खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।

यो पनि निर्वाचन आउन १६ दिन बाँकी : सुगमका अधिकांश उम्मेदवारले अझै खाता खोलेनन्

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन समितिका अधिकृत पूर्णबहादुर खत्रीले निर्वाचन खर्च परियोजनका लागि आठ जनाले मात्र बैँक खाता खोलेको जनाउँदै खाता नखोलेका उम्मेदवारहरूलाई खाता खोल्न आग्रह गरिएको बताए ।

अधिकृत खत्रीले भने, “बैँकमा खाता नखोलेका उम्मेदवारलाई ताकेता गरिरहेका छौँ, सबैले खाता खोलेर मात्रै खर्च गर्नुपर्ने व्यवस्था हुँदा सोही बमोजिम गर्न लगाउने छौं ।”

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले व्यक्तिगत तथा अन्य खाताबाट खर्च नगरी निर्वाचन प्रयोजनका लागि अलग बैँक खाता प्रयोग गर्नुपर्ने व्यवस्था बाँकेमा कार्यान्वयन भएको वा नभएको विषयमा अनुगमन गरिएको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।

यो पनि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

अनुगमन अधिृकृत खत्रीले उम्मेदवारको नाम, सम्बन्धित दल, निर्वाचन क्षेत्र र बैँक तथा शाखाको विवरण उल्लेख गरी निर्वाचन आयोगमा अनुगमन प्रतिवेदन पठाइएको जानकारी दिँदै पारदर्शिता कायम गर्न र निर्वाचन खर्चको सही लेखाजोखा राख्न यसले सघाउ पु¥याउने बताए ।

Duduwa Tato hawa Bachau Image

उनले निर्वाचन खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन सबै उम्मेदवारले तोकिएको नियमअनुसार छुट्टै खाता प्रयोग गर्नुपर्नेमा जोड दिँदै यसले निर्वाचन खर्च नियन्त्रण, कालोधन प्रयोग न्यूनीकरण तथा स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको पनि बताए । 

यो पनि बाँकेमा लाइसेन्स प्राप्त हातहतियार ५ सय ५५, बुझाइयो ७५ थान मात्र

यसैबीच, निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि देशभरका उम्मेदवारले धमाधम खाता खोलेका छन् । 

राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ। सोही व्यवस्थाअनुसार देशभर हालसम्म ६७१ जना उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोलेका छन् ।

यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा 

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)