बाँकेमा निर्वाचन आचारसंहिता पालना गराउदैँ समिति
नेपालगन्ज १८ माघ : बाँकेमा निर्वाचन आचारसंहिता पालना गराउन कडाइका साथ निगरानी सुरु गरिएको छ ।
निर्वाचन आयोगले गठन गरेको निर्वाचन आचारसंहिता अनुगमन समितिले बाँकेको निर्वाचन क्षेत्र नम्बर– २ र ३ मा मौखिक उजुरी आएको जानकारी दिएको छ।
यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका अधिकृत पूर्णबहादुर खत्रीले विद्यालयमा कार्यक्रम गरेको, पालिका वडाध्यक्षले पालिकामा प्रचारप्रसार गरेको र पालिकाको डोजर तथा टिपर प्रयोग गरेर सडक ग्राभेल गरेको लगायत उजुरी आएको बताए । उनले आचारसंहिता विपरीत सबै काम बन्द गरिएको उल्लेख गर्दै सम्बन्धितलाई सचेत बनाइएको जानकारी दिए ।
‘हामीले स्थलगत अनुगमन पनि गर्छौं, तर अहिले सूचना र जानकारी आएका आधारमा हामीले काम गरिरहेका छौँ,’ निर्वाचन आचारसंहिता अनुगमन समितिका अधिकृत खत्रीले भने । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष भयरिहत वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन आचारसंहिता पालना गर्न अनुगमन समितिले जिल्लामा आग्रह गरेको छ ।
यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता
निर्वाचन आयोगले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खत्री र कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख सर्वोदय उपाध्यायलाई अनुगमन अधिकृतका रूपमा तोकेको छ । अनुगमन समितिका अनुसार निर्वाचन प्रचारप्रसारको काम आगामी फागुन ४ देखि १८ गतेसम्म मात्रै गर्न पाउने कानूनी प्रावधान रहेको छ । निर्वाचन आयोगद्वारा जारी भएको निर्वाचन आचारसंहिता माघ ४ गतेदेखि नै लागू भएको छ ।
यसैबीच, निर्वाचन आचारसंहिता उल्लङ्घन भएका उजुरी बढ्न थालेपछि मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले गत माघ १५ गते बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार र तीनका प्रतिनिधिलाई राखेर निर्वाचन आचारसंहिता कडाईका साथ पालना गर्न आग्रह गरेका थिए ।
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)
बाँकेका प्रमुख जिल्ला अधिकारी दीलबहादुर तामाङ, बाँके प्रहरी प्रमुख अंगुर जिसी, निर्वाचन आचारसंहिता अनुगमन समितिद्वय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्री र कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख सर्वोदय उपाध्याय लगायतको उपस्थितीमा बृहत छलफल गरि निर्वाचन आचारसंहिता पालना गर्न र गर्न लगाउन आग्रह गरेका थिए ।





0 Comments