बाँकेमा लाइसेन्स प्राप्त हातहतियार ५ सय ५५, बुझाइयो ७५ थान मात्र

बाँकेमा लाइसेन्स प्राप्त हातहतियार ५ सय ५५, बुझाइयो ७५ थान मात्र

नेपालगन्ज २६ माघ : बाँकेमा इजाजत प्राप्त ७५ थान हातहतियार प्रहरीमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरीमातहतका ईलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायत स्थानमा आजसम्म ती हातहतियार बुझाइएको जानकारी दिए ।   

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, बाँकेले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको थियो । बुझाएका हातहतियारमा भरुवा बन्दुक बारबोरलगायत रहेका छन् ।

बाँकेमा लाइसेन्स प्राप्त ५ सय ५५ हतियार

हातहतियार खरखजाना ऐन, २०१९ ले सुरक्षा चुनौतिका आधारमा इजाजत लिएर सर्वसाधारणले पनि हतियार राख्न पाउने व्यवस्था गरेको छ । सोही कानून अनुरुप बाँकेका ५ सय ५५ जना ब्यक्तिले हतियार राख्न लाइसेन्स(इजाजत) लिएकाछन् । यसरी इजाजत लिने कतिपय ब्यक्तिसँग दुई वा तीन वटासम्म हतियार र लाइसेन्स रहेकोछ । 

बाँकेका कति जनालाई हतियारको इजाजत दिइएको छ भन्ने चाहिँ बाँके प्रशासनसँग यकिन विवरण छैन । यद्यपी हालसम्म नियमित नविकरण गराइरहेका ब्यक्तिहरुको तथ्यांकलाई आधार मान्दा बाँकेमा ५ सय ५५ जनाले कानूनीरुपमा हतियार राख्न अनुमति लिएकाछन् । त्यही तथ्यांकलाई आधार मान्दा ५ सय ५५ जना ब्यक्तिसँग करिब एक हजार बढिको आसपासमा हतियार रहेको बाँके प्रशासनले बताउँछ ।

Duduwa Tato hawa Bachau Image

यसैबीच बाँकेमा मतदाता शिक्षाका गाउँगाउँ पु¥याइने तयारी गर्न थालिएको छ । प्रनिनिधिसभा सदस्य २०८२ का निम्ति जिल्लामा रहेका आठ स्थानीय तहमा अधिकृत तहका कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर मतदाता शिक्षाका लागि गाउँगाउँ पु¥याउन थालिएको हो ।

यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा

बाँकेका निर्वाचन अधिकारी टेकबहादुर शाहीले मतदाता शिक्षाका लागि स्थानीय तहमा स्वयंसेवक परिचालन गर्न पत्राचार भइसहेको जानकारी दिँदै मतदाता शिक्षाका लागि जिल्लाका ८१ वडामा ८१ जना स्वंयसेवक परिचालन हुने बताए । 

“निर्वाचन आयोगबाट कार्यक्रम आइसकेको छ, केही प्राविधिक काम बाँकी छ, त्यसपछि हामी मतदाता शिक्षा कार्यक्रम सुरु गर्छौँ,” उनले भने । निर्वाचन अधिकारी शाहीका अनुसार मतदाता शिक्षाका लागि केही दिनमा सम्पर्क व्यक्तिलाई तालिम प्रदान गरिने र सम्पर्क व्यक्तिले पुनः स्थानीय तहका वडामा भएका स्वंयसेवकलाई तालिम दिएर मतदाता शिक्षा गाउँगाउँ तथा टोल टोल पु¥याउने लक्ष्य लिइएको छ । 

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा कुल मतदाताको संख्या तीन लाख ५० हजार ३७१ जना रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । जिल्लामा एक सय ३९ मतदानकेन्द्र र चार सय मतदानस्थल रहेका छन् ।

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)