खडैचामा उम्मेदवार बिष्टसको घरदैलो, स्थानीय उत्साहित
नेपालगन्ज ११ फागुन : बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले घरदैलो तीव्र बनाएकाछन् ।
नेपाली कम्युनिस्ट पार्टी (लुम्बिनी प्रदेश) सचिवालय सदस्य डिल्ली बराल (अमिर) सहित स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागितामा डुडुवा गाउँपालिका वडा नं. १ अन्तर्गत खडैचा गाउँमा घरदैलो गरिएको हो ।
खडैचाका टोल–टोलमा पुगेर उम्मेदवार बिष्टले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरे । कृषि, सिँचाइ, सडक, शिक्षा, स्वास्थ्य र युवालाई रोजगारी सिर्जनाजस्ता विषयमा स्थानीयले आफ्ना समस्या राखेका थिए। बिष्टले ती विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकासलाई व्यवहारमा उतार्ने अठोट दोहोर्याए ।
यो पनि नेकपाका उम्मेदवार बिष्टको मोहनपुर फारममा घरदैलो
कार्यक्रममा बोल्दै डिल्ली बराल (अमिर) ले क्षेत्रको समग्र विकासका लागि एकीकृत प्रयास आवश्यक रहेको उल्लेख गरे । उनले जनताको सक्रिय सहभागिताले मात्र समृद्धिको आधार तयार हुने धारणा राखे ।
यो पनि जनताको घरदैलोमा दिपेन्द्र बिष्टः भ्रष्टाचारविरुद्ध आवाज र विश्वासको प्रतिबद्धता
घरदैलोका क्रममा देखिएको उत्साहले खडैचामा चुनावी माहोल थप सक्रिय बनेको सहभागीहरूको भनाइ छ। महिला, युवा र ज्येष्ठ नागरिकको सहभागिताले कार्यक्रमलाई जीवित बनाएको थियो। “हामीलाई सुन्ने नेतृत्व चाहिएको हो,” एक स्थानीयको प्रतिक्रिया थियो।
यो पनि हरियो नेपालगञ्ज बनाउने दिपेन्द्र विष्टको प्रतिबद्धता
उम्मेदवार बिष्टले जनताले देखाएको विश्वासलाई आफ्नो जिम्मेवारी ठान्दै भने, “खडैचाको विकास र डुडुवाको समग्र प्रगति मेरो प्राथमिकता हो ।”
यो पनि यस्तो छ बिष्टले सार्वजनिक गरेको प्रतिबद्धता, आज इस्तियाकले सार्वजनिक गर्दै
यो पनि स्थानीयका सवाल सुन्दै विष्टले बढाए चुनावी प्रचारलाई तीब्रता
यो पनि डुडुवामा दिपेन्द्रले बढाए चुनावी गतिविधि
यो पनि मतदाता फकाउन खेतदेखि टोलसम्म बिष्टको संवाद
यो पनि मतदातासँग बिष्टको जनसंवाद : समयमै समस्या समाधान गर्ने दृढ प्रतिबद्धता





0 Comments