मतदाता फकाउन खेतदेखि टोलसम्म बिष्टको संवाद

मतदाता फकाउन खेतदेखि टोलसम्म बिष्टको संवाद

नेपालगन्ज २८ माघ : बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले बुधबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ अन्तर्गत मनिकापुर क्षेत्रमा सघन भेटघाट र भलाकुसारी गरेका छन् । उनको यो भ्रमण औपचारिक कार्यक्रमभन्दा फरक देखियो—मञ्चभन्दा खेत रोज्ने, भाषणभन्दा संवाद रोज्ने शैलीमा ।

मनिकापुरका किसानहरू खेतमै व्यस्त भइरहँदा उम्मेदवार बिष्ट आफैँ खेतमा पुगेर उनीहरूका पीडा, समस्या र अपेक्षा पालैपालो सुने । सिँचाइ, मल–बिउ, बजार मूल्य र श्रमको अभावजस्ता विषय किसानहरूले खुला रूपमा राख्दा बिष्टले ध्यानपूर्वक सुन्दै “कृषकको पसिना नै देशको आधार हो” भन्ने धारणा राखे । किसानका कुरा सुनेपछि उनले कृषि उत्पादनको उचित मूल्य, समयमै मल–बिउको व्यवस्था र स्थानीय स्तरमै बजार सुनिश्चित गर्ने प्रतिबद्धता जनाए ।

खेतको संवादपछि उम्मेदवार बिष्ट मनिकापुरका विभिन्न टोल–टोलमा पुगेर सर्वसाधारणसँग प्रत्यक्ष भेटघाटमा जुटेका थिए । घरआँगनमै पुगेर जनताको कुरा सुन्ने शैलीले स्थानीयमा उत्साह थपिएको देखिन्थ्यो । वृद्धदेखि युवा, महिला देखि किसानसम्मले आफ्ना समस्या र सुझाव खुलेर राखे । भेटघाटका क्रममा पाएको आत्मीयता र माया देखेर उम्मेदवार बिष्टले आफू भावुक भएको प्रतिक्रिया दिए ।

यो पनि मतदातासँग बिष्टको जनसंवाद : समयमै समस्या समाधान गर्ने दृढ प्रतिबद्धता


Duduwa Tato hawa Bachau Image

स्थानीयहरूका अनुसार बिष्टको यो उपस्थिति केवल चुनावी औपचारिकता होइन, भरोसा निर्माणको प्रयास हो । “उहाँ हाम्रो खेतमै आएर कुरा सुन्नु भयो, यस्तो नेता कमै देखिन्छ,” एक किसानले भने। यही अनुभूति धेरै घरआँगनमा सुनिन्थ्यो ।

नेपाली कम्युनिस्ट पार्टीका नेता डिल्ली बराल (अमिर) ले मनिकापुरको समग्र माहोललाई “पूर्ण रूपमा तारामय” भएको बताउँदै भने, “जनताले बिष्टलाई आफ्नै मान्छेझैँ अपनाएका छन्। यहाँको समर्थन स्वाभाविक र उत्साहजनक छ ।”

खोजमूलक रूपमा हेर्दा, मनिकापुरमा देखिएको यो माहोल केवल भीडको उत्साह होइन, लामो समयदेखि सुन्न नपाएको आवाज सुन्ने प्रतिनिधिको खोजीको परिणाम हो । खेतदेखि टोलसम्म फैलिएको संवादले बाँके क्षेत्र नं. २ मा चुनावी बहसको केन्द्र अब नाराभन्दा व्यवहारतर्फ सर्दै गएको संकेत गर्छ । यही कारणले मनिकापुरमा देखिएको ‘तारा’को चमकलाई स्थानीयहरू परिवर्तनको संकेतका रूपमा लिन थालेका छन् ।