डुडुवामा दिपेन्द्रले बढाए चुनावी गतिविधि

डुडुवामा दिपेन्द्रले बढाए चुनावी गतिविधि

नेपालगन्ज २९ माघ : बाँके निर्वाचन क्षेत्र नं. २ अन्तर्गत डुडुवामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपेन्द्र विष्टले चुनावी गतिविधिलाई तिब्रता दिएका छन् । 

उम्मेदवार दिपेन्द्र बिष्ट डुडुवा–२ का विभिन्न बस्तीमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाटमा जुट्दै समर्थन लिने र जनताको गुनासा, समस्या सुनिरहेकाछन् । 

औपचारिक भाषणभन्दा संवादलाई प्राथमिकता दिने उनको शैलीले स्थानीयलाई खुलेर आफ्ना समस्या राख्ने वातावरण बनेको छ। किसानले खेतको समस्या सुनाएका छन्, युवाले रोजगारी र भविष्यको चिन्ता पोखेका छन्, ज्येष्ठ नागरिकले आधारभूत सेवामा सहज पहुँचको अपेक्षा राखेका छन् । यी सबै कुरा ध्यानपूर्वक सुन्दै बिष्टले “जनताको भरोसाबाट पछि नहट्ने” प्रतिबद्धता दोहो¥याए ।

सो क्षेत्रमा उम्मेदवार बिष्टको निरन्तर उपस्थितिले विष्टप्रतिको विश्वास बढ्दै गएको बताइन्छ । 

यो पनि मतदाता फकाउन खेतदेखि टोलसम्म बिष्टको संवाद

डुडुवा–२ का स्थानीय निमबहादुर बिकले भने “हामीले धेरै चुनाव देख्यौँ, तर यसपालि माहोल फरक छ । बिष्ट आउँदा मान्छेहरू आफैँ निस्केर स्वागत गर्छन् । धेरैले तारा चिन्हमै मतदान गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।” यस्ता भनाइहरूले यहाँको राजनीतिक धारणा कता ढल्किँदै छ भन्ने संकेत गरेको विकको भनाईछ ।

Duduwa Tato hawa Bachau Image

युवा उम्मेदवार, निरन्तर जनसम्पर्क, सरल व्यवहार र प्रत्यक्ष संवादका कारण यतिबेला विष्टले डुडुवामा चुनावी गतिविधिलाई तीव्रता दिएका हुन् ।  

यो पनि मतदातासँग बिष्टको जनसंवाद : समयमै समस्या समाधान गर्ने दृढ प्रतिबद्धता