जनताको घरदैलोमा दिपेन्द्र बिष्टः भ्रष्टाचारविरुद्ध आवाज र विश्वासको प्रतिबद्धता

जनताको घरदैलोमा दिपेन्द्र बिष्टः भ्रष्टाचारविरुद्ध आवाज र विश्वासको प्रतिबद्धता

नेपालगन्ज ५ फागुन : बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले मंगलबार नेपालगन्जका विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरे । ज्ञानपुर्वा, पोतेपुर्वा (पोतेदारपुर), माइगाउँ, थपुवा, नेपालगन्ज २० र ४ का बस्तीहरूमा पुगेर उनले प्रत्यक्ष रूपमा स्थानीय बासिन्दासँग संवाद गरे ।

उनले आफ्नो चुनावी एजेन्डा स्पष्ट गर्दै भने, “भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर म सधैं जनताको पक्षमा आवाज उठाउने छु । गाउँ समाजसँग जोडिएका सबै समस्या समाधान गर्न मेरो प्रतिबद्धता अडिग छ ।” यस क्रममा स्थानीय मतदाताले उम्मेदवार बिष्टको चुनाव चिन्ह तारामा मतदान गर्ने बाचा पनि व्यक्त गरेका छन् ।

यो पनि हरियो नेपालगञ्ज बनाउने दिपेन्द्र विष्टको प्रतिबद्धता

भेटघाटका क्रममा बिष्टले घरघर पुगेर सर्वसाधारणका सुझाव सुन्नुका साथै सुकुम्बासी, पूर्वाधार, स्वास्थ्य, शिक्षा र बाढी व्यवस्थापन जस्ता क्षेत्रका मुद्दाहरूमा तत्काल सुधारका उपायहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीयले पनि उत्साहपूर्वक उनको सकारात्मक दृष्टिकोण र मिलनसार व्यवहारको सराहना गरे ।

यो पनि यस्तो छ बिष्टले सार्वजनिक गरेको प्रतिबद्धता, आज इस्तियाकले सार्वजनिक गर्दै

राजनीतिक विश्लेषकहरूको विचारमा, दिपेन्द्र बिष्टको घरदैलो अभियान र प्रत्यक्ष संवादले मतदातामा विश्वास निर्माण गरेको छ । “उहाँले जनताको कुरा सुनेर प्रत्यक्ष कदम चाल्ने जनभावना देखाउनु भएको छ, जसले आगामी निर्वाचनमा उनको पक्ष बलियो बनाउनेछ,” स्थानीय समीर खटिकले भने । 

यो पनि स्थानीयका सवाल सुन्दै विष्टले बढाए चुनावी प्रचारलाई तीब्रता

Duduwa Tato hawa Bachau Image

यसरी, बाँके क्षेत्र नं. २ मा दिपेन्द्र बिष्टको अभियान केवल प्रचारप्रसारमा सीमित नरही, जनताको विश्वास र सहभागितामा आधारित देखिन थालेको छ। नेपालगन्जका गल्ली, टोल, बस्तीमा निरन्तर जारी घरदैलो कार्यक्रमले उहाँलाई तारामय उम्मेदवारका रूपमा स्थापित गरेको छ, जसले चुनावी नतिजामा निर्णायक भूमिका खेल्ने सम्भावना देखाएको छ ।

यो पनि डुडुवामा दिपेन्द्रले बढाए चुनावी गतिविधि 

यो पनि मतदाता फकाउन खेतदेखि टोलसम्म बिष्टको संवाद  

यो पनि मतदातासँग बिष्टको जनसंवाद : समयमै समस्या समाधान गर्ने दृढ प्रतिबद्धता