हरियो नेपालगञ्ज बनाउने दिपेन्द्र विष्टको प्रतिबद्धता
नेपालगन्ज ५ फागुन : बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले चुनावी बहसमा फरक र गहिरो दृष्टिकोण प्रस्तुत गर्दै विकासको परिभाषा फेरिनुपर्ने आवश्यकता औँल्याएकाछन् ।
उनले भने, “हामीले सिमेन्टका महल त धेरै बनायौँ, तर हाम्रा बालबालिकाले फेर्ने स्वच्छ हावा बिर्सियौँ ।” यही आत्मस्वीकृति र चेतनाले उनको चुनावी सन्देशलाई जनतासँग नजिक बनाएको देखिन्छ ।
बिष्टका अनुसार, आज नेपालगन्ज तातो हावा, धुलो र कंक्रिटको चापले थिचिएको शहर बन्दै गएको छ । सडक पिच, भवन निर्माण र पूर्वाधार विस्तार त भए, तर वातावरणीय सन्तुलन भने प्राथमिकताबाट बाहिर परेको उनको भनाइ छ । “नेपालगन्जको तातो हावालाई सितलतामा बदल्न मलाई साथ दिनुहोस्,” भन्दै उनले मतदातासँग भावनात्मक अपील गरे ।
यो पनि यस्तो छ बिष्टले सार्वजनिक गरेको प्रतिबद्धता, आज इस्तियाकले सार्वजनिक गर्दै
उनको चुनावी लक्ष्य केवल सडक पिच गरेर फोटो खिच्ने विकास होइन । “मेरो लक्ष्य सडक पिच गर्ने मात्र होइन, त्यो सडकको छेउमा शीतल छहारी दिने रुख रोप्नु पनि हो,” भन्ने उनको भनाइले विकास र वातावरणलाई सँगसँगै अघि बढाउने सोच स्पष्ट गर्छ । शहरी हरियाली, वृक्षारोपण, खुला स्थान संरक्षण र बालमैत्री वातावरण सिर्जना उहाँका प्रमुख प्राथमिकताका रूपमा अगाडि सारिएका छन् ।
यो पनि स्थानीयका सवाल सुन्दै विष्टले बढाए चुनावी प्रचारलाई तीब्रता
स्थानीय बासिन्दाहरूले पनि यो दृष्टिकोणलाई समयसापेक्ष र आवश्यक ठानेका छन् । बढ्दो गर्मी, स्वास्थ्य समस्या र प्रदूषणका कारण दैनिक जीवन कष्टकर बन्दै गएको अवस्थामा, स्वच्छ हावा र हरियालीलाई राजनीतिक एजेन्डा बनाइनु सकारात्मक संकेत भएको उनीहरूको प्रतिक्रिया छ। “हाम्रा छोराछोरीले खुला आकाशमुनि निस्सासिएर होइन, स्वच्छ हावा फेरेर हुर्किन पाउनुपर्छ,” एक स्थानीय अभिभावकले बताए ।
यो पनि डुडुवामा दिपेन्द्रले बढाए चुनावी गतिविधि
राजनीतिक विश्लेषकहरूका अनुसार, यस्तो भावनात्मक तर, व्यावहारिक एजेन्डाले मतदाताको मन छोएको छ। विकास र वातावरणबीच सन्तुलन खोज्ने बिष्टको यो सन्देश केवल चुनावी नारा मात्र नभई भविष्यप्रतिको जिम्मेवारीको आवाजका रूपमा बुझिन थालेको छ।
यो पनि मतदाता फकाउन खेतदेखि टोलसम्म बिष्टको संवाद
यो पनि मतदातासँग बिष्टको जनसंवाद : समयमै समस्या समाधान गर्ने दृढ प्रतिबद्धता





0 Comments