स्थानीयका सवाल सुन्दै विष्टले बढाए चुनावी प्रचारलाई तीब्रता

स्थानीयका सवाल सुन्दै विष्टले बढाए चुनावी प्रचारलाई तीब्रता

नेपालगन्ज १ फाल्गुन : प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके क्षेत्र नं. २ का उम्मेदवार बनेका बिष्टले चुनावी प्रचारप्रसार अन्तर्गत शुक्रबार डुडुवाका गाउँ–टोलमा पुगे ।

स्थानीयले वर्षौंदेखि झेल्दै आएका नाला, बाटो, बाढी तथा डुबान, सिँचाइको अभाव, मलखादको समस्या लगायतका पीडा विष्टसामु खुलेर राखे । खेतबारी डुबानमा परेर उत्पादन घटेको, वर्षायाममा आवतजावत नै कठिन हुने अवस्था र समयमा मलखाद नपाउँदा किसान मारमा परेको गुनासो स्थानीयले सुनाए ।

स्थानीयको समस्या ध्यानपूर्वक सुनेपछि बिष्टले आफू निर्वाचित भए यी विषयलाई प्राथमिकतामा राखेर समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए । 

“डुडुवाको विकास बिना बाँके–२ को समग्र समृद्धि सम्भव छैन,” उनले भने, “म यहाँको नालाबाटो व्यवस्थापन, दीर्घकालीन बाढी नियन्त्रण योजना, प्रभावकारी सिँचाइ संरचना र किसानलाई समयमै मलखाद उपलब्ध गराउने विषयमा स्पष्ट योजना लिएर आएको छु ।”

यो पनि डुडुवामा दिपेन्द्रले बढाए चुनावी गतिविधि

Duduwa Tato hawa Bachau Image

डुडुवाका स्थानीय बासिन्दा महेश यादव भन्छन्, “हामीलाई आश्वासन होइन, काम चाहिएको छ ।” बिष्टले पनि यसपटकको निर्वाचनलाई सेवा र समर्पणको अवसरका रूपमा लिने बताएका छन् ।

यो पनि मतदाता फकाउन खेतदेखि टोलसम्म बिष्टको संवाद 

चुनावी अभियान तीव्र बन्दै जाँदा बाँके क्षेत्र नं. २ मा दिपेन्द्र बिष्टको पक्षमा देखिएको उत्साह र सक्रियता आगामी परिणामतर्फ संकेत गरेको विष्टले बताए ।

यो पनि मतदातासँग बिष्टको जनसंवाद : समयमै समस्या समाधान गर्ने दृढ प्रतिबद्धता