११ औं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा

विजेतालाई दुई लाख पुरस्कार, नेपालगन्ज कन्क्लेभमा पाँच शत्र
११ औं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा

नेपालगन्ज ३ मंसिर : ११ औं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा भएको छ । नेपालगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले मंसिर ६ गते शनिबार विहान ठिक ७ बजे हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए ।

प्रतियोगिताका विजेताले दुई लाख रुपैयाँ पुरस्कर पाउने भएका छन् । महिलातर्फको हाफ म्याराथन विजेतालाई ७५ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

यो पनि जोन र श्रृच्छा नेपालगन्ज म्याराथनको सद्भावना दूत 

धारा नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीका अनुसार, म्याराथनमा दोस्रोलाई १ लाख, तेस्रोलाई ५० हजार, चौथोलाई २५ हजार, पाँचौलाई १५ हजार, छैठौंलाई १० हजार पुरस्कार राखिएको छ । शीर्ष दश स्थानसम्म र दौड पूरा गर्ने सबैलाई ५ हजार नगद पुरस्कार दिइनेछ ।

४५ वर्षमाथिको भेट्रान दौडको शीर्ष तीन जनालाई क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार राखिएको छ । महिला हाफ म्याराथानमा दोस्रोलाई ५० हजार, तेस्रोलाई २५ हजार, चौथोलाई १५ हजार र पाँचौलाई १० हजार पुरस्कार राखिएको छ । 

यो पनि जेनजी आन्दोलनको असर : स्थगित गरियो नेपालगञ्ज १० नाइट रन

यो पनि ‘नेपालगन्ज नाइट रन’ एम्समा आबद्ध 

१० किलोमिटर खुल्ला पुरुष तथा महिलातर्फका शीर्ष तीन जनालाई क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार राखिएको छ । ५ किलोमिटर स्कुल स्तरीय छात्र एवं छात्रा दौडका शीर्ष तीन जनालाई क्रमशः ५ हजार, ३ हजार र २ हजार, ह्वीलचियरतर्फका तीन जनालाई ५ हजार, ३ हजार र २ हजार, किड्स रनका सम्पूर्णलाई नगद तथा कर्पाेरेट रन तर्फका शीर्ष तीन जनालाई पदक, प्रमाणपत्र र सरप्राइज उपहार प्याकेज प्रदान गर्ने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

यो पनि गौघाट ग्रीन रनको उपाधि युवक र दीपशीखालाई

म्याराथनमा यसपालीदेखि एक स्कुललाई ‘नेपालगन्ज ट्रफी’ प्रदान गरिने, म्याराथनमा रोमाञ्चकता थप्न फोटो सम्बन्धि फिपिक्स कार्यक्रम कार्यान्वयनको तयारी गरिएको छ । 

यसैबीच, म्याराथन अघि नेपालगन्ज कनक्लेव हुने भएको छ । कनक्लेवका निर्देशक जनक नेपालका अनुसार, कनक्लेवमा महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुइँटेल, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, जेनजी लिडर रक्षा बम, साहित्यकार सुविन भट्टराई, डा. नवराज केसी लगायत वक्ता रहेका छन् । 

Duduwa Tato hawa Bachau Image

उनीहरु नेपालगन्ज कनक्लेबका विभिन्न शत्रका वक्ताका रुपमा रहनेछन् । कनक्लेबमा ‘महानगर एक सपनाः उदाउँदो र पुरानो सहर जोड्ने प्रयास’, खेलकुदले जोड्छ देश, जेनजी विद्रोहपछिको नेपालः अन्योल र अवसर, नेपालगञ्जः आर्थिक राजधानीको नारा र सम्भावना, युगदेखि युगसम्मका महानायक, डिजिटल युगको दोधारः प्रविधि वरदान कि अभिशाप, फाइनप्रिन्ट फिवर, ७७७ च्यालेन्ज डकुमेन्ट्री प्रदर्शन समेत गरिने कनक्लेबका निर्देशक नेपालले जानकारी दिए ।

कनक्लेभको पहिलो शत्र जेनजी विद्रोहपछिको नेपालः अन्योल र अवसर हुनेछ । यसमा विद्रोह र पछिको परिस्थितीलाई समाजशास्त्रीय दृष्टिकोण खोतल्ने प्रयाससमेत हुने यो सेशनमा समाजशास्त्री राम गुरुङ, जेनजी नेतृ रक्षा बम, युवा उद्यमी मञ्चका अध्यक्ष सूदीप घिमिरे र मिस नेपाल लुना लुईंटेल प्यानलिष्टका रुपमा तय गरिएको निर्देशक नेपालले बताए ।

यो पनि एम्सको नेपाल दूतमा नेपालगन्जका ठकुरी नियुक्त

यो पनि कमनवेल्थ गेम्सका स्वर्ण पदकधारी जोन नेपालगन्जमा

नेपालगन्जमा आर्थिक राजधानीको नारा र सम्भावनाबारे पनि बहस गरिंदैछ । भने, डिजिटल युगको दोधारः प्रविधि वरदान की चुनौतीसँग जोडिएर विषय विज्ञको प्रस्त्तिकरण सबैका लागि उत्तिकै लाभदायक हुने निर्देशक नेपालको भनाइ छ ।

कनक्लेभमा पुस्तक र साहित्य सम्बन्धि सेशनहरु फाइनप्रिन्ट फिभरमार्फत गरिंदैछ । कनक्लेभमा बरिष्ठ अभिनेता राजेश हमालसँग पत्रकार पवन आचार्यले संवाद गर्नेछन् । हमालको यसवर्ष ‘युगदेखि युगसम्म’ पुस्तक प्रकाशित छ । फाइनप्रिन्ट फिभरमा स्वस्पर्श कृतिका लेखक डा. नवराज केसी, चमेलीको फूल बैजनी रुमाल कृतिका लेखक सुबिन भट्टराई र ज्ञानिका कृतिका  लेखक ददि सापकोटा सहभागि हुँदैछन् । 

यो पनि प्रकृतिको महत्व दर्शाउन ‘राप्तीसोनारी नेचर रन’

कन्क्लेभ सह–निर्देशक अरशद कमल सिद्दीकीले बहसहरुमा धेरैभन्दा धेरै सहभागिता रहोस् भन्नेमा आयोजकको प्रयास रहेको जानकारी दिदँदै आव्हान गरिएको बताए । उनले त्यसका लागि अनलाईन फर्मसमेत व्यवस्था गरिएको बताए ।

यो पनि धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यती एयर