धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यती एयर
नेपालगन्ज ३ असोज : विगत ११ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य हुने भएको छ ।
यही मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो ।
यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा नेपालगन्ज म्याराथनका प्रोगाम म्यानेजर कपिल थापाले सम्झौतापत्र आदानप्रदान गरे । यो सम्झौतासँगै यति एयरलाइन्स धारा नेपालगन्ज म्याराथनको अफिसियल एयरलाइन्स पार्टनर हुनेछ ।
यो पनि जेनजी आन्दोलनको असर : स्थगित गरियो नेपालगञ्ज १० नाइट रन
वल्र्ड रनिङको साझा साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को पुर्णकालीन सदस्य धारा नेपालगन्ज म्याराथनका विजेता एवं शीर्ष नेपाली धावकहरुलाई विश्वकै शीर्ष म्याराथनहरुमा सहभागिताको अवसर प्रदान गर्ने वातावरण बनाउँदै अगाडि बढेको एम्सका नेपाल प्रतिनिधि एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताएका छन् ।
यो पनि नेपालगन्ज १० नाइट रनका विजेताले पाउनेछन् थाइल्याण्डको बाङ्सेन रनमा अवसर
यो पनि नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगन्ज म्याराथनले इभेन्टको दायरा फराकिलो बनाउन र सबैलाई अपनत्व भाव जगाउन फरक फरक संस्थासँग सहकार्य गदैं अघि बढेको छ । यसअघि थाइल्याण्डमा हुने विश्व स्तरीय बाङ्सेन रनिङ सिरिजिमा धावक, पदाधिकारी तथा सदस्यहरुका लागि अनुभव बटुल्ने र क्षमता अभिवृद्धि गर्ने अवसर दिनका लागि सम्झौता गरेको छ ।
यो पनि ‘नेपालगन्ज नाइट रन’ एम्समा आबद्ध
यो पनि नेपालगन्ज म्याराथनसँग वन स्टेप फाउन्डेसनको सहकार्य
यो पनि एम्सको नेपाल दूतमा नेपालगन्जका ठकुरी नियुक्त
यसले बर्षेनी दर्जनौं धावक तथा म्याराथनको उत्थानमा अहोरात्र खटिने व्यक्तिहरुलाई अवसरको ढोका खोलिदिएको छ । अन्य स्वदेशी तथा विदेशी संघसंस्था, म्याराथन आयोजक, व्यापारिक घराना, खेलकुद सामग्री उत्पादक तथा वितरक कम्पनीहरुसँग सहकार्य गर्दै अघि बढ्ने तयारी रहेको धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए ।
‘धारा नेपालगन्ज म्याराथन धावकका लागि त हो नै, समुदायका हरेक सदस्य लाभान्वित हुने प्लेटफर्म हो ।’ संस्थापक ठकुरीले भने ‘यसका हरेक सदस्यले वैदेशिक भ्रमणको अवसर पाउनुका साथै यति एयरलाइन्सको सहुलियत टिकट पाउनेछन्, सम्झौता हुने खेलुकद सामग्री उत्पादक तथा वितरकबाट पनि हरेक सदस्यले बिशेष सहुलियत पाउने व्यवस्था मिलाइनेछ ।’
यो पनि सेनाका पाल र साहु बने पहिलो रात्री दौड विजेता
नेपालगन्ज कनक्लेवका लागि विभिन्न पेशागत एवं व्यवासायिक संघसंस्थासँग सहकार्य गर्ने तयारी समेत अगाडि बढेको छ । म्याराथनको तयारीबारे चाँडै सार्वजनिक गरिनेछ ।





0 Comments