प्रकृतिको महत्व दर्शाउन ‘राप्तीसोनारी नेचर रन’
नेपालगन्ज १६ कार्तिक : ‘राप्तीसोनारी नेचर रन’ यस वर्ष यही कात्र्तिक २२ गते शनिवार बाँकेको राप्तीसोनारीमा हुने भएको छ ।
एघार वर्षदेखि निरन्तर आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गत वर्षदेखि ‘राप्तीसोनारी नेचर रन’ सुरु गरिएको हो ।
यो पनि जोन र श्रृच्छा नेपालगन्ज म्याराथनको सद्भावना दूत
यसमा राप्तीसोनारी गाउँपालिका अन्तर्गत विद्यालयका छात्रछात्राहरुले भाग लिन पाउने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । विजेता खेलाडीलाई नगद र पदकले पुरस्कृत गरिने पनि उनले बताए ।
स्कुले बालबालिकालाई सानैदेखि प्रकृतिको महत्व दर्शाउन र प्राकृतिक स्रोत साधनको जगेर्ना र सदुपयोग सम्बन्धी जागरण फैलाउने उद्देश्यले राप्तीसोनारी नेचर रन हरेक वर्ष निरन्तरता दिइने धारा नेपालगन्ज म्याराथनका रणनीतिक एवं अन्तर्राष्ट्रिय समन्वय प्रमुख तीर्थ ओलीले बताए । राप्तीसोनारीमा जन्मिएका ओली हाल जर्मनीमा एथ्लेटिक्स प्रशिक्षकका रुपमा कार्यरत छन् ।
यो पनि जेनजी आन्दोलनको असर : स्थगित गरियो नेपालगञ्ज १० नाइट रन
यो पनि ‘नेपालगन्ज नाइट रन’ एम्समा आबद्ध
विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को पुर्णकालीन सदस्य नेपालगन्ज म्याराथनको भगिनी रेस इभेन्टका रुपमा नेपालगन्ज–१० नाइट रन, गौघाट ग्रीन रन, काठमाडौं–२५ के हेरिटेज रेस, कर्णाली हाफ म्याारथन लगायत रहेका छन् ।
यो पनि गौघाट ग्रीन रनको उपाधि युवक र दीपशीखालाई
देशको बिषम परिस्थितिका कारण यस वर्ष नाइट रन स्थगन गरियो भने गौघाट ग्रीन र असोज २८ गते दोस्रो संस्करण सम्पन्न गरियो । वातावरण संरक्षणमा अभियान चलाइरहेकी मिस नेपाल–२०२३ श्रृच्छा प्रधान र कमनवेल्थ गेम्स २०१० का स्वर्णधारी केन्या निवासी जोन केलाई समेतको उपस्थितिमा गौघाट ग्रीन रन निरन्तरता दिन सफल भएको थियो ।
यो पनि एम्सको नेपाल दूतमा नेपालगन्जका ठकुरी नियुक्त
यो पनि कमनवेल्थ गेम्सका स्वर्ण पदकधारी जोन नेपालगन्जमा
राप्तीसोनारी नेचर रनमा समेत यस्ता सेलिब्रिटीलाई जोड्दै लैजाने तयारी रहेको धारा नेपालगन्ज म्याराथनका कार्यक्रम संयोजक कपिल थापाले बताएका छन् । नेपालगन्ज म्याराथन भने आगामी मंसिर ६ गते शनिवार हुनेछ ।
यो पनि धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यती एयर





0 Comments