जोन र श्रृच्छा नेपालगन्ज म्याराथनको सद्भावना दूत

जोन र श्रृच्छा नेपालगन्ज म्याराथनको सद्भावना दूत

नेपालगन्ज २७ असोज : वर्ल्ड क्लास धावक केन्यानिवासी जोन केलाई र मिसन नेपाल वर्ल्ड २०२३ श्रृष्छा प्रधान धारा नेपालगन्ज म्याराथनको सदभावना दूत नियुक्त भएका छन् ।

सोमबार नेपालगन्जस्थित होटल डायमन्ड प्यालेसमा आयोजित बिशेष कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले सदभावना दुतको कदरपत्र जोन र श्रृच्छालाई हस्तान्तरण गरे ।

यो पनि कमनवेल्थ गेम्सका स्वर्ण पदकधारी जोन नेपालगन्जमा

मेयर बिष्टले छोटो समयमै धारा नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय जगतमा विश्वास आर्जन गर्न सफल भएको बताए । ‘म्याराथन खेल मात्र नभई अब शान्ति सद्भाव र एकताको सशक्त माध्यम बनिसकेको छ ।’ मेयर बिष्टले भने ‘उपमहानगरपालिका सदा संस्थागत सहकार्यका लागि तयार छ, यतिबेला हामीले विभाजित मनलाई एकढिक्का बनाउनुछ, मंसिर ६ गतेलाई साँच्चिकै एकता र सदभावको दिन बनाऔं ।’


टाइटल स्पोन्सर केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेडले धारा नेपालगन्ज म्याराथनको मेहनत र प्रतिफलबाट आफुहरु निकै प्रभावित भएको बताउँदै अझ यसको दायरा बढाउँदै जाँदा आफ्नोतर्फबाट भरपुर सहयोग गर्ने बताए ।

यो पनि जेनजी आन्दोलनको असर : स्थगित गरियो नेपालगञ्ज १० नाइट रन

विश्व खेलकुदमा मिनी ओलम्पिक भनेर चिनिने कमनवेल्थ गेम्स २०१०का स्वर्णपदकधारी केन्याका जोनले संसारभरबाट प्राकृतिक सौन्दर्य हेर्न नेपाल आउने गरेकोमा अब म्याराथनका बहानामा समेत आउने धेरै सम्भावना बढेको धारणा व्यक्त गरे । आफुले अन्तर्राष्ट्रिय धावकहरुलाई नेपाल ल्याउन आफुले पहल गर्ने पनि उनले बताए ।

Duduwa Tato hawa Bachau Image

त्यसैगरी मिस नेपाल श्रृच्छाले पर्यावरणीय संकटलाई सामुहिक प्रयासबाट निकारण गर्नुपर्ने र यसका लागि म्याराथन जस्ता इभेन्ट प्रभावकारी हुने बताइन् । आयोजकले दौडमार्फत पर्यावरण जोगाउन आफुलाई छनोट गरेकोमा खुशी व्यक्त गरिन् ।

यो पनि धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यती एयर

कार्यक्रममा गौघाट ग्रीन रनको टिसर्ट समेत सार्वजनिक गरियो । ग्रीन रन भोलि बिहान खजुराको सितापुरमा हुँदैछ । धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण यही मंसिर ६ गते शनिवार हुनेछ ।