पार्टीको नाममा गद्दार गर्नेहरुले विकास गर्दैनन् : कमरुद्दिन राई
मिलनचोक (डुडुवा) १२ फागुन : जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले बाँके निर्वाचन क्षेत्र नं. २ अन्तर्गत डुडुवाको कम्दीमा चुनावी सभा आयोजना गरेको छ। आफ्ना उम्मेदवार कमरुद्दिन राईको पक्षमा माहोल बनाउन आज (मंगलबार) चुनावी सभा गरेको हो ।
चुनावी सभालाई सम्वोधन गर्दै बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभा उम्मेदवार राईले सबै उम्मेदवारलाई अहिले कमरुद्दिनबाट त्रासमा रहेको बताए । आफुले जनताको हितमा काम गरेका कारण अन्य सबै उम्मेदवार डराएको बताए । पैसा र पावरमा जनतालाई भ्रममा पार्न खोजिएको भन्दै उनले आक्रोश पोखे ।
यो पनि विषम परिस्थितिमा निर्वाचन, विवेकपूर्ण मतदान गर्न उपेन्द्र यादवको आग्रह
यो पनि बाँकेमा प्रलोपा र जसपाबीच चुनावी सहमति
उनले विपक्षीहरु आफ्नो डरले जनतालाई आफ्नो पक्षमा पार्न पैसाका ठेकेदारहरु घरघरमा पुगेको टिप्पणी गरे । उनले बाँके क्षेत्र नं.२ मा भएको विकास निर्माणमा जसपाका अध्यक्ष उपेन्द्र यादवको हात रहेको बताए । पार्टीको नाममा गद्दार गर्नेहरुले विकास गर्न नसक्ने र विकास पनि नगरेको टिप्पणी गरे ।
यो पनि कमरुद्दिनको चुनावी घरदैलो थप उत्साहित
यो पनि “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्” : कमरुद्दिन राई
उनले ‘मोहम्मद इतियाक राई’ले जसपाबाट टिकट लिएर जितेको भन्दै बाँके क्षेत्र नं.२ मा भएको विकासको कामको श्रेय पनि जसपाले लिने बताए । मधेशी तथा मुस्लिम जनतालाई धोका दिएर जानेहरुले विकास नगर्ने र त्यस्ता स्वार्थि व्यक्तिहरुलाई परास्त गर्न उनले मतदाताहरुसँग आग्रह पनि गरेका छन् ।
उनले पैसाको लोभमा, रक्सीको लोभमा आफ्नो मत नहाल्न आग्रह गरे । यो चुनाव अत्यन्तै महत्वपूर्ण रहेकाले जनताको हितमा काम गर्नेलाई मत दिन आग्रह गरे । उनले आफु त्यसका लागि सधैं जनताको साथमा हुने पनि दावी गरे ।
यो पनि जसपाका उम्मेदवार कमरुद्दिन राईप्रति जनलहर दिनदिनै बढ्दै
यो पनि ‘मधेशी तथा मुस्लिमको आवाज बोल्न चाहन्छु’ : कमरुद्दिन राई
यो पनि कमरुद्दिन राईको घरदैलो बन्यो ब्यापक
यो पनि ‘पैसाको बलमा चुनाव जितिदैन, चुनाब जित्न जनताको मन जित्नु पर्छ’ : कमरुद्दिन
यो पनि घरदैलोमा कमरुद्दिन राईप्रति बढ्दो समर्थन
यो पनि को हुन् कमरुद्दिन राई ? जो उपमेयर त्यागेर चुनावमा होमिए
यो पनि विकास र समृद्धिको लागि छातामा मतदान गर्न कमरुद्दिन राईको आग्रह
यो पनि ‘म पैसाको भरमा चुनाव लडेको छैन, तर कमजोर छैनौं’ : कमरुद्धिन





0 Comments