विषम परिस्थितिमा निर्वाचन, विवेकपूर्ण मतदान गर्न उपेन्द्र यादवको आग्रह
उपेन्द्र यादवले तीनसय बढीलाई जसपामा भित्र्याए
मिलनचोक(डुडुवा) १२ फागुन : जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विषम परिस्थितिमा निर्वाचन हुन लागेको बताएका छन् ।
जसपाले आज(मंगलबार) बाँकेको कम्दीस्थित मिलन चोकमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यो कुनै सहज अवस्थामा चुनाव हुन नलागेको भन्दै विषम परिस्थितिमा हुन लागेको बताए ।
पाँच वर्षको समयावधि पाएको संसद ३ वर्षमै भंग भएर फेरि चुनाव हुन लागेको भन्दै मतदानमा विवेक पुर्याउन आग्रह गरे । उनले मुलुकमा लामो समय काँग्रेस एमालेले सरकार चलाएको बताउँदै उनीहरुकै कारण विद्यमान समस्या देशमा उत्पन्न भएको बताए ।
यो पनि बाँकेमा प्रलोपा र जसपाबीच चुनावी सहमति
पछिल्लो ३५ वर्षमा ३० पटक सरकार फेरिएको भन्दै ठूला दलहरुको कारण राजनीतिक अस्थिरता उत्पन्न हुँदा युवा पुस्ता रिसाएको बताए । उनले जेनजी आन्दोलनलाई भ्रष्टचार र कुशासनको विद्रोह भएको बताए । एमाले नेतृत्वको सरकारले सामाजिक संजालमा लगाएको प्रतिवन्धका कारण पनि भदौं २३ र २४ गतेको घटना भएको बताए ।
उनले सरकारले दमन गरेर बच्चाहरुको ज्यान लिएको पनि दावी गरे । उनले केपी शर्मा ओली नेतृत्वको सरकार क्रुरुर हुँदा भदौं २४ को घटना घटेको समेत जिकिर गरे । एमाले र काँग्रेसको संयुक्त सरकारले संसद बचाउन नसकेको बताए । उनले ३५ वर्षदेखि ठूला दलहरुले सरकार चलाएको भन्दै अव भोट माग्न आउँदा किन जिताउने भनेर प्रश्न गर्न आग्रह गरे । शिक्षा, स्वास्थ्य, कृषिका क्षेत्रमा सरकारले कुनैपनि काम गर्न नसकेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।
यो पनि कमरुद्दिनको चुनावी घरदैलो थप उत्साहित
उनले ठूला दलहरुले मधेशी तथा मुस्लिम समुदायको कुनै पनि हितमा काम नगरेको बताए । उनले संविधानले मधेशी तथा मुस्लिम समुदायको पहिचान स्थापित गरेको उल्लेख गरे । त्यो अधिकार मधेश आन्दोलनबाटै सम्भव भएको पनि जिकिर गरे । आज कुनै पनि मधेशी तथा मुस्लिम समुदायका मानिसहरु शिर निहुराएर हिड्नु पर्ने अवस्था नरहेको समेत उनको भनाई छ ।
यो पनि “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्” : कमरुद्दिन राई
चुनावी सभालाई सम्वोधन गर्दै जसपा नेतृ अम्बिका काफ्लेले वैचारिक सिद्धान्त भएको पार्टी जसपामात्रै भएको बताईन् । उनले जसपाबाट चुनाव जित्ने र त्यसकै बलमा अहिले अरु पार्टीमा गएर चुनाव लड्नेहरुले धम्की दिने गरेको भन्दै त्यसको निन्दा गरिन् । उनले संघीयता जोगाउन र मधेश मुद्धालाई संरक्षण गर्न छाता चिन्हमा मत हाल्न पनि सबैलाई आग्रह गरिन् ।
उक्त चुनावी सभामा ठूलो संख्यमा यादवले पार्टी प्रवेश गराएका छन् । विभिन्न पार्टी परित्याग गर्दै तीन सय बढीलाई उनले पार्टी प्रवेश गराएका हुन् ।
यो पनि जसपाका उम्मेदवार कमरुद्दिन राईप्रति जनलहर दिनदिनै बढ्दै
यो पनि ‘मधेशी तथा मुस्लिमको आवाज बोल्न चाहन्छु’ : कमरुद्दिन राई
यो पनि कमरुद्दिन राईको घरदैलो बन्यो ब्यापक
यो पनि ‘पैसाको बलमा चुनाव जितिदैन, चुनाब जित्न जनताको मन जित्नु पर्छ’ : कमरुद्दिन
यो पनि घरदैलोमा कमरुद्दिन राईप्रति बढ्दो समर्थन
यो पनि को हुन् कमरुद्दिन राई ? जो उपमेयर त्यागेर चुनावमा होमिए
यो पनि विकास र समृद्धिको लागि छातामा मतदान गर्न कमरुद्दिन राईको आग्रह
यो पनि ‘म पैसाको भरमा चुनाव लडेको छैन, तर कमजोर छैनौं’ : कमरुद्धिन





0 Comments