घरदैलोमा कमरुद्दिन राईप्रति बढ्दो समर्थन

घरदैलोमा कमरुद्दिन राईप्रति बढ्दो समर्थन

नेपालगन्ज २ फाल्गुन : बाँके क्षेत्र नम्बर–२ का जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार कमरुद्दिन राईलाई यतिबेला मतदाताको आशिर्वाद र समर्थनको ओइरो लागेको छ । 

घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा नेपालगञ्ज र डुडुवा गाउँपालिकाका विभिन्न वडामा पुग्दा युवा, महिला तथा ज्येष्ठ नागरिकले उनलाई जितको शुभकामना दिँदै आशिर्वाद प्रदान गरेका छन् ।

को हुन् कमरुद्दिन राई ? जो उपमेयर त्यागेर चुनावमा होमिए

शुक्रवार नेपालगञ्ज–२० राँझा गाउँ पुगेका कमरुद्दिनलाई १०५ वर्षीया जलवर्षा वर्माले विशेष रूपमा आशिर्वाद दिइन् । उनले मधेस र मधेसीको मुद्दा उठाउने पार्टी जसपा नेपाल नै भएको उल्लेख गर्दै कमरुद्दिनलाई मत दिने प्रतिबद्धता व्यक्त गरिन् ।

त्यसैगरी डुडुवा गाउँपालिका–५ का ८० वर्षीय राजकुमार यादवले पनि कमरुद्दिनलाई जितको कामना गर्दै आशिर्वाद दिए। “मधेस आन्दोलनको मर्म धेरैले बिर्सिए । यसपालिको निर्वाचनमा मधेसको मुद्दा उठाउने उम्मेदवारलाई नै भोट दिन्छु । तपाईँलाई जितको शुभकामना र आशिर्वाद छ,” उनले भने ।

कमरुद्दिन पुगेका स्थानमा स्थानीय नागरिकले भव्य स्वागत गर्ने गरेका छन् । उनी पुग्नेबित्तिकै उत्साह र खुसीको वातावरण बन्ने गरेको स्थानीयको भनाइ छ। नेपालगञ्ज–१९ का रामकुमार तेलीले कमरुद्दिनसँग गला मिलाउँदै भने, “आफ्नो घरमा तपाईँलाई पाउँदा अत्यन्तै खुसी लागेको छ । तपाईँलाई हाम्रो भोट पक्का भयो ।”

यो पनि  विकास र समृद्धिको लागि छातामा मतदान गर्न कमरुद्दिन राईको आग्रह

Duduwa Tato hawa Bachau Image

मतदाताबाट प्राप्त माया, स्नेह र सौहार्दताले आफूलाई थप ऊर्जा र हौसला मिलेको कमरुद्दिनले बताएका छन् । उनले जनताको विश्वासलाई व्यवहारमा उतार्ने प्रतिबद्धता दोहो¥याउँदै चुनावी अभियानलाई अझ सशक्त बनाउने बताएका छन् ।

यो पनि ‘म पैसाको भरमा चुनाव लडेको छैन, तर कमजोर छैनौं’ : कमरुद्धिन