बाँकेमा प्रलोपा र जसपाबीच चुनावी सहमति
क्षेत्र नं.१ मा कृष्णालाई जसपाको साथ, २ मा कमरुद्दिनलाई प्रलोपले सघाउने
नेपालगन्ज ११ फागुन : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बीच रणनीतिक चुनावी तालमेल तथा कार्यगत एकता गर्ने औपचारिक सहमति भएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नं. १ र २ मा प्रलोपा र जसपाबीच एकताको औपचारिक सहमति भएको हो ।
आईतबार सम्पन्न संयुक्त बैठकपछि दुवै दलका जिल्ला नेतृत्वले जारी गरेको सहमति–पत्रमा देशमा देखिएको राजनीतिक ध्रुवीकरण, ‘जेनजी’ विद्रोहपछिको विकसित परिस्थिति तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ साझा पहल आवश्यक भएको उल्लेख गरिएको छ। संसदीय अभ्यासलाई सुदृढ बनाउँदै बाँकको विशिष्ट राजनीतिक अवस्था र मतदाताको अपेक्षालाई ध्यानमा राखी चुनावी सहकार्य गर्ने निर्णय गरिएको जनाइएको छ।
यो पनि कमरुद्दिनको चुनावी घरदैलो थप उत्साहित
क्षेत्र नम्बर– १ मा कृष्णा केसी ‘नमुना’लाई जसपा नेपालले समर्थन गर्ने
सहमति अनुसार बाँके निर्वाचन क्षेत्र नम्बर–१ मा प्रलोपा का आधिकारिक उम्मेदवार कृष्णा केसी ‘नमुना’को चुनाव चिन्ह ‘आँखा’ लाई जसपा नेपालले औपचारिक समर्थन गर्नेछ । उक्त क्षेत्रमा दुवै दलका कार्यकर्ता तथा संगठनात्मक संरचनाहरू साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त रूपमा परिचालन हुने जनाइएको छ ।
यो पनि “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्” : कमरुद्दिन राई
क्षेत्र नम्बर–२ मा कमरुद्दीन राईलाई प्रलोपाले समर्थन गर्ने
त्यस्तै, बाँके निर्वाचन क्षेत्र नम्बर–२ मा जसपा नेपालका आधिकारिक उम्मेदवार कमरुद्दीन राईको चुनाव चिन्ह ‘छाता’ लाई प्रलोपाले समर्थन गर्ने सहमति भएको छ। सो क्षेत्रमा पनि साझा उम्मेदवारको पक्षमा एकीकृत अभियान सञ्चालन गरिने छ।
सहमति–पत्रमा निर्वाचन प्रचारप्रसारका क्रममा एक–अर्काको विचार, सिद्धान्त, झण्डा र संगठनात्मक अस्तित्वप्रति उच्च सम्मान कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साझा उम्मेदवारलाई आफ्नै दलको उम्मेदवार सरह आत्मसात् गर्दै राष्ट्रिय निर्माणको साझा लक्ष्यतर्फ अघि बढ्ने घोषणासमेत गरिएको छ।
यो पनि जसपाका उम्मेदवार कमरुद्दिन राईप्रति जनलहर दिनदिनै बढ्दै
प्रलोपा बाँके जिल्ला अध्यक्ष दीपक शर्माले जिल्लाको राजनीतिक स्थायित्व र लोकतान्त्रिक मूल्यहरूको संरक्षणका लागि तालमेल आवश्यक भएको उल्लेख गर्दै यस सहकार्यले चुनावी प्रतिस्पर्धालाई स्वस्थ र परिणाममुखी बनाउने विश्वास व्यक्त गरे ।
जसपा नेपाल बाँके जिल्ला अध्यक्ष कौशल कुमार धोबीले वर्तमान चुनौतीपूर्ण राजनीतिक परिवेशमा समान विचारधाराका शक्तिहरूबीच सहकार्य अपरिहार्य भएको जनाउँदै संयुक्त प्रयासले जनतामा सकारात्मक सन्देश जाने बताए।
दुवै दलबीच भएको यस रणनीतिक तालमेलले बाँकेका दुई निर्वाचन क्षेत्रमा चुनावी समीकरणमा नयाँ आयाम थपिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
यो पनि ‘मधेशी तथा मुस्लिमको आवाज बोल्न चाहन्छु’ : कमरुद्दिन राई
यो पनि कमरुद्दिन राईको घरदैलो बन्यो ब्यापक
यो पनि ‘पैसाको बलमा चुनाव जितिदैन, चुनाब जित्न जनताको मन जित्नु पर्छ’ : कमरुद्दिन
यो पनि घरदैलोमा कमरुद्दिन राईप्रति बढ्दो समर्थन
यो पनि को हुन् कमरुद्दिन राई ? जो उपमेयर त्यागेर चुनावमा होमिए
यो पनि विकास र समृद्धिको लागि छातामा मतदान गर्न कमरुद्दिन राईको आग्रह
यो पनि ‘म पैसाको भरमा चुनाव लडेको छैन, तर कमजोर छैनौं’ : कमरुद्धिन





0 Comments