‘म पैसाको भरमा चुनाव लडेको छैन, तर कमजोर छैनौं’ : कमरुद्धिन

‘म पैसाको भरमा चुनाव लडेको छैन, तर कमजोर छैनौं’ : कमरुद्धिन

नेपालगन्ज २६ माघ : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सचिव कमरुद्धिन राईले आफ्नो उम्मेदवारीका विषयमा बजारमा अनेक खालका भ्रम फैलाइएको गुनासो गरेका छन् । चुनाव हार्ने मानसिकताले गर्दा केही ब्यक्तिले आफ्नो उम्मेदवारीबारे गलत प्रचार गरेको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान उपमेयर समेत रहेका राईले बाँके क्षेत्र नम्बर–२ मा जसपा नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएर मतदाता भेटघाट गरिरहेका छन् । आफु मतदाता भेटघाटमै रहँदा केही उम्मेदवारले हार्ने मानसिकता देखाएर अर्नगल प्रचार गरेको एक अन्तरवार्तामा उल्लेख गरेका छन् ।

‘यो चुनाव हार्ने मानसिकता हो, उहाँ चुनावबाट भाग्नु खोज्नु भएको छ, हिम्मत छ भने म च्यालेन्जका साथ भन्छु, त्रिभुवन चोकमा आमने–सामने हुन तयार छु, मिडियाका मान्छे र भद्र ब्यक्तिका अगाडी मलाई उभ्याएर उहाँलाई सोध्नुस्,’ कमरुद्धिनले भनेका छन् । एमालेका तर्फबाट उम्मेदवार बनेका मोहम्मद इस्तियाक राईप्रति इंगित गर्दै कमरुद्धिनले भने, ‘उहाँ चुनाव हारिराख्नु भएको छ, उहाँले कतै ब्यानरमा केपी ओलीको मात्रै फोटो राख्नु भएको छ । कतै आफ्नो मात्रै फोटो राख्नु भएको छ, कतै जय मधेस भन्नु हुन्छ, कतै लाल सलाम कमरेड भन्नु हुन्छ ।’

Duduwa Tato hawa Bachau Image

आफु एजेण्डामा क्लियर भएको भन्दै आफ्नो भविष्य मतदाताको हातमा रहेको बताए । ‘म चुनाव लडिरहेको छु, म पैसाको भरमा चुनाव लडेको छैन, हामी कम छौं, तर कमजोर छैनौं, ढुक्क भएर सक्षम र भ्रष्टाचार नगर्ने ब्यक्तिलाई मतदान गर्नुस् ।’