कमरुद्दिन राईको घरदैलो बन्यो ब्यापक
नेपालगन्ज ४ फागुन : बाँके क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवार कमरुद्दिन राई अहिले घरदैलो अभियानमा व्यस्त छन् ।
निर्वाचन आयोगले औपचारिक रूपमा प्रचार–प्रसारको समय आजदेखि खुला गरेसँगै राईले आफ्नो अभियानलाई थप तीव्र बनाएका हुन् । बिहानैदेखि साँझसम्म उनी मतदाताका घरआँगन पुग्दै आफ्ना एजेण्डा राखिरहेका छन्, स्थानीयका गुनासा सुन्दैछन् र परिवर्तनको सन्देश फैलाइरहेका छन् । सोमबार उनले नेपालगन्ज र डुडुवा गाउँपालिका—६ कालाबंजर हिरमिनियामा व्यापक घरदैलो अभियान सञ्चालन गरे ।
यो पनि ‘पैसाको बलमा चुनाव जितिदैन, चुनाब जित्न जनताको मन जित्नु पर्छ’ : कमरुद्दिन
टोल–टोलमा पुगेका राईलाई स्थानीयले स्वागत गरेका थिए । वृद्धवृद्धादेखि युवासम्मको सहभागिताले चुनावी माहोललाई थप उत्साहपूर्ण बनाएको देखिन्थ्यो। घरदैलोका क्रममा राईले मधेशका मुद्दालाई संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे।
यो पनि घरदैलोमा कमरुद्दिन राईप्रति बढ्दो समर्थन
“यो निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, यो मधेशको आवाजलाई केन्द्रसम्म पु¥याउने अवसर पनि हो,” उनले मतदातासँग भने, “हामीले दशकौँदेखि भोग्दै आएका विभेद, पहिचान र अधिकारका प्रश्नलाई अब संसदमा स्पष्ट रूपमा उठाउनै पर्छ।” उनले सामाजिक न्याय, समावेशी विकास, शिक्षा र स्वास्थ्यको पहुँच विस्तार, तथा स्थानीय पूर्वाधार निर्माणलाई आफ्नो प्राथमिकता बनाएको बताए। “जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएका विकास निर्माणका कामलाई अब ढिलाइ नगरी अगाडि बढाउनु आवश्यक छ,” राईले जोड दिए।
घरदैलोका क्रममा स्थानीयवासीहरूले पनि आफ्ना समस्या खुलेर राखे। कतिपयले सडक, खानेपानी र सिँचाइको अभावबारे गुनासो गरे भने कतिपयले रोजगारी र शिक्षा–स्वास्थ्यको अवस्था सुधार गर्न आग्रह गरे। राई नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुखबाट राजिनामा दिएर संघीय संसदका लागि चुनावी प्रतिस्पर्धामा होम्मिएका हुन् ।
यो पनि को हुन् कमरुद्दिन राई ? जो उपमेयर त्यागेर चुनावमा होमिए
यो पनि विकास र समृद्धिको लागि छातामा मतदान गर्न कमरुद्दिन राईको आग्रह
यो पनि ‘म पैसाको भरमा चुनाव लडेको छैन, तर कमजोर छैनौं’ : कमरुद्धिन





0 Comments