बैजनाथको सम्झनामा शहिद गेट बनाउँदै गाउँपालिका

बैजनाथको सम्झनामा शहिद गेट बनाउँदै गाउँपालिका

नेपालगन्ज १४ असोज: शहिद बैजनाथ थारुको सम्झनामा यहाँको स्थानीय सरकारले मुलगेट निर्माण गर्न लागेको छ । 

बैजनाथ गाउँपालिका कार्यालय, रामपुर बाँकेले चालु आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक बजेटमार्फत उक्त शहिद गेट निर्माण गर्न लागेको हो । बैजनाथ गाउँपालिका कार्यालय रामपुर–५ जाने मुल सडक गडरहीस्थित एक नम्बर चोकमा मुलगेट निर्माण गरिनेछ । 

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले औपचारिक रुपमा उक्त गेटको शिलान्यास गरेका छन् । शिलान्यास भएसँगै निर्माण पक्षले काम अगाडी बढाएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि उक्त शिर्षकमा १० लाख ७६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष शाहीले स्वर्गीय शहिद बैजनाथको सम्झनामा उक्त गेट निर्माण गर्न लागिएको बताए । 

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

देशमा प्रजातन्त्र र लोकतन्त्र ल्याउनमा तत्कालिन निरंकुशता विरुद्ध लडेका शहिदको सम्मान गर्नु स्थानीय सरकारको दायित्व र कर्तब्य भएको उनले बताए ।

Duduwa Tato hawa Bachau Image

‘शहिद बैजनाथ थारुको सम्झनामा हामीले गाउँपालिकातिर जाने बाटोमा मुलगेट निर्माण गर्न लागेका हौं, यसको शिलान्यास कार्य सम्पन्न भइसकेको छ, अब निर्माणको काम पनि अगाडी बढ्नेछ,’ अध्यक्ष शाहीले भने ।