सुधान्सुको उद्घोषः स्वर्गीय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं
नेपालगन्ज ११ माघः नेपाली काँग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधान पिता, पुर्वप्रधानमन्त्री एवम् काँग्रेसका पुर्व सभापति स्वर्गीय सुशिल कोइरालाको निर्वाचन क्षेत्र बाँके–२ लाई यसपटक फर्काएर ल्याउने उद्घोष गरेका छन् । नेपाली काँग्रेस बाँकेका सचिव समेत रहेका कोईराला क्षेत्र नम्बर–२ मा आसन्न प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन् ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्व तयारीका सन्र्दभमा निर्वाचन प्रचार–प्रसार समितिले शनिबार आयोजना गरेको जिल्ला स्तरीय बृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्षेत्र नम्बर– २ मा नेपाली काँग्रेसलाई माया गर्ने जनताहरु धेरै रहेको बताए ।
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)
‘क्षेत्र नम्बर २ मा यसपाली नेपाली काँग्रेसले झण्डा गाड्नेछ, काँग्रेसको संगठन यति बलियो छ, नेपाली काँग्रेसलाई माया गर्ने जनताहरु हुनुहुन्छ,’ उनले भने ‘विगतमा हामीबाट कमी÷कमजोरी भयो, गठबन्धनका नाममा हामीले रुखमा भोट हाल्न बिर्सिसकेका थियौं, सुशिल कोइरालाको क्षेत्रलाई हामीले रुख चिन्हमा भोट हालेर यसपटक फर्काएर ल्याउनेछौं ।’
यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा
क्षेत्र नम्बर–२ जतिकै बाँकेको क्षेत्र नम्बर– १ र ३ मा पनि आम जनताले नेपाली काँग्रेसलाई माया गर्ने उनको भनाई छ । आफु निर्वाचित भएपछि संविधान पिता स्वर्गीय सुशिल कोइरालाको निष्ठालाई कायम गरेर देखाउने र कांग्रेसका सबै क्रियाशिल सदस्यको सम्मानमा कमी हुन नदिने उम्मेदवार सुधान्सुले प्रतिबद्धता जनाए । काँग्रेसले यसपटक आफुलाई युवा अनुहार स्वरुप उम्मेदवारका रुपमा प्रस्तुत गरेको उनले बताए ।
‘म हाम्रो पार्टी सभापति आदरणीय गगन थापा ज्यु लगायत सबै मेरा सबै नेताहरुलाई धन्यवाद दिन चाहन्छु, सबैको आर्शिवाद लिएर म अगाडी बढ्नेछु, हामी भनेको रुख नै हो, चार तारे नै हो,’ उनले थपे, ‘म हजुरहरुमाझ आर्शिवाद लिए आएको छु, वडा तहदेखीका सबै नेताहरुले आशिर्वाद दिनुहुनेछ, पुर्वप्रधानमन्त्री एवम् पुर्वसभापति स्वर्गीय सुशिल कोइरालाको क्षेत्र पनि हो, यो क्षेत्रमा हामीले झण्डा गाड्ने कुरा भईसकेको छ ।’ हेभिवेट उम्मेदवारको प्रसंग कोट्याउँदै कोइरालाले काँग्रेसले बाँके–२ सहित देशभरका ७७ वटै जिल्लामा आफ्ना हेभिवेट उम्मेदवार उठाएको दाबी गरे ।
यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता
यो पनि बाँके क्षेत्र नम्बर–२ बाट दुई जनाको उम्मेदवारी फिर्ता





0 Comments