बाँके क्षेत्र नम्बर–२ बाट दुई जनाको उम्मेदवारी फिर्ता

बाँके क्षेत्र नम्बर–२ बाट दुई जनाको उम्मेदवारी फिर्ता

नेपालगन्ज ९ माघ : आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि बाँके क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराएका २२ जना मध्ये दुई जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएकाछन् । 

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले दिएको जानकारी अनुसार, बाँके क्षेत्र नम्बर–२ मा तीन जना स्वतन्त्रसहित २२ जनाले उम्मेदवारी दर्ता गराएकोमा जनता समाजवादी पार्टीका उम्मेदवार सरस्वतीप्रसाद बर्मा र नेपाल जनता पार्टीका उम्मेदवार विजयकुमार गुप्ताले उम्मेदवारी फिर्ता लिएका हुन् । 

बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले दुई जना उम्मेदवार बर्मा र गुप्ताले उम्मेदवारी फिर्ता लिएपछि अब २० जना उम्मेदवारबीच निर्वाचनमा प्रतिस्पर्धा हुने बताए ।

उनले क्षेत्र नम्बर–२ बाट नेपाली काँग्रेसका सुधांसु कोइराला, एमालेका मोहम्मद इस्तियाक राई, नेपाली कम्यूनिस्ट पार्टीका दीपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका कमरुद्दिन राई, राप्रपाका ऋषिराज देवकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका माजिद अलि शेष, उज्यालो नेपाल पार्टीका शैलेन्द्र कुमार कर्ण, राष्ट्रिय जनमत पार्टीका इर्फान शेषको उम्मेदवारी कायम रहेको छ।  

यो पनि बाँकेमा हातहतियार बुझाउन १५ दिने समय सीमा


Duduwa Tato hawa Bachau Image

सोही प्रकारले नेपाल मजदुर किसान पार्टीका प्रकाश शाह, श्रम संस्कृती पार्टीका रामचरण चौधरी, नेकपा माओवादीका महेन्द्रबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका जगदिस ढकाल, आम जनता पार्टीका अब्दुल अमर साई, राष्ट्रिय मुक्ति मोर्चा नेपालका बावु प्रकाश घिमिरे, राष्ट्रिय एकता दलका सिताराम यादव र स्वतन्त्र उम्मेदवारहरु मनोजकुमार चौधरी, शौरभजंग शाह र गोपालप्रसाद गिरीको उम्मेदवारी क्षेत्र नम्बर–२ बाट कायम रहेको मुख्य निर्वाचन अधिकृत दाहालले बताए ।

यो पनि मनोनयनपत्र दर्ताको तयारी पूरा, यस्तो छ निर्वाचन कार्यक्रम 

यो पनि निर्वाचन आचारसंहिता लागू: ककसलाई लाग्छ आचारसंहिता ? 

यो पनि आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास 

यो पनि निर्वाचन ४८ दिन बाँकी : मतदान अधिकृतले के–के गर्नुपर्छ ?

यो पनि निर्वाचन सामग्री आपूर्तिमा १३ संस्था सूचीकृत

यो पनि आज १६५ वटै क्षेत्रमा एकैसमयमा निर्वाचन अधिकृतको कार्यालय खुल्दै 

यो पनि १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम