दोस्रो एन प्याब्सन रनिङ शिल्डको उपाधि गुराँस चाइल्डहुड र मर्निङ स्टारलाई
खजुरा २१ मंसिर : बाँकेको खजुरामा सम्पन्न दोस्रो नेशनल प्याब्सन पालिका स्तरीय रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि गुराँस चाइल्डहुड र मर्निङ स्टारले उचालेका छन् ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एनप्याब्सन ) खजुराको आयोजनामा बिहीबार देखि सुरु भएको रनिङ शिल्ड खेलकुद प्रतियोगितामा ६–८ निमावि तर्फ गुराँस चाइल्डहुड प्रथम भयो । निमावि तर्फ लिटिल हार्वर एकेडेमी दोस्रो र बाँके गोल्डेन इङ्लिस मिडियम तेस्रो भए ।
यो पनि खजुरामा दोस्रो एनप्याब्सन पालिका स्तरीय रनिङ शिल्ड सुरु
यस्तै १–५ प्राथमिक तहतर्फ गुराँस चाइल्डहुड प्रथम भयो । प्राथमिक तहमा आयत इङ्लिस मिडियम स्कूल दोस्रो र मर्निङ स्टार तेस्रो भए । १–३ प्राथमिक तहतर्फ आयत इङ्लिस मिडियम स्कूल दोस्रो र लर्ड बागेश्वरी तेस्रो भए ।
पूर्व प्राथमिक युकेजी देखि नर्सरी सम्मको प्रतिस्पर्धामा आयत इङ्लिस मिडियम स्कूल प्रथम भयो । गुराँस चाइल्डहुड दोस्रो र मर्निङ स्टार तेस्रो भए ।
रनिङ शिल्डमा महत्वपूर्ण मानिएको फुटबल खेलमा गुराँस चाइल्डहुड नै प्रथम भयो । फुटबलमा लिटिल हार्बर दोस्रो भयो भने बाँके गोल्डेन तेस्रो भए । भलिबलतर्फ छात्र छात्राबीच छुट्टाछुट्टै प्रतिस्पर्धा भएको थियो । छात्रातर्फ गुराँस चाइल्डहुड प्रथम, बाँके गोल्डेन दोस्रो र ओनस इङ्लिस मिडियम स्कूल तेस्रो भए । यस्तै छात्रातर्फ पनि गुराँस चाइल्डहुड प्रथम भयो । लिटिल हार्बर दोस्रो र ओनसले तेस्रो स्थानमा चित्त बुझाए ।
यो पनि भोलीदेखि खजुरामा एनप्याब्सन पालिका स्तरीय रनिङ शिल्ड
समग्रमा ६–८ निमावि तर्फ गुराँस चाइल्डहुडले उपाधि उचाल्यो भने १–५ प्राथमिक तह तर्फ मर्निङ स्टारले उपाधि प्राप्त गरे । पुरस्कार प्राप्त विद्यार्थी तथा विद्यालयहरूले सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको एन प्याप्सन खजुराका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । एनप्याब्सनसंग आबद्ध रहेका ११ विद्यालयले सहभागिता जनाएका थिए । नेशनल प्याब्सन खजुराका अध्यक्ष कृष्ण भण्डारीका अनुसार ५ सय विद्यार्थी सहभागी भएका थिए ।
खजुरा गाउँपालिका खेलकुद विकास समिति सँगको सहकार्यमा भएको कार्यक्रममा न्यू डाँफे स्पोट्र्स क्लब खजुराले व्यवस्थापनमा भएको कार्यक्रम अवधिभरका लागि खजुरा स्थित बाँके सिटी हस्पिटल प्रालीले निःशुल्क रुपमा ३ दिनसम्म प्राथमिक स्वास्थ्य सेवा प्रदान गरेको थियो ।





0 Comments