‘रेड जोन’मा नेपालगन्जको मालपोत र आन्तरिक राजश्व कार्यालय

‘रेड जोन’मा नेपालगन्जको मालपोत र आन्तरिक राजश्व कार्यालय

नेपालगन्ज ९ असोज : गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका मालपोत र आन्तरिक राजश्व कार्यालय, नेपालगन्जको भवन अब प्रयोगयोग्य नरहेको प्राविधिक अध्ययनले देखाएको छ । 

यो पनि जेनजी आन्दोलन: बाँके सिडियो कार्यालयसहितका सरकारी कार्यालय जलाइयो

करोडौंको लागतमा एक दशकअघि निर्माण गरिएका यी भवनलाई अब भत्काएर नयाँ बनाउनुपर्ने स्थिति आएको हो ।

यो पनि जेनजी आन्दोलन : बाँकेमा १० अर्ब बढीको क्षती

प्राविधिक टोलीका इन्जिनियर विवेक लामिछानेका अनुसार यी दुबै भवन ‘रेड जोन’ मा परेका छन्, जसमा कार्य सञ्चालन वा बस्न मिल्दैन । लामिछानेको टोलीले आन्दोलनका क्रममा क्षतिग्रस्त अन्य सरकारी कार्यालयको पनि अध्ययन गरिरहेको छ ।

यो पनि बाँके जिल्लाभर ‘निषेधित क्षेत्र’ घोषणा, पाँच जना भन्दा बढी भेला हुन नपाइने

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन, मालपोत, जिल्ला तथा उच्च अदालत, यातायात, आन्तरिक राजश्व, राजश्व कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, कोहलपुरका मेयरको निवाससहित एमाले र काँग्रेस पार्टी कार्यालयमा समेत तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

यो पनि नेपालगन्ज उपमहानगरपालिकाले आईतबारदेखि सामान्य सेवा दिदैँ

हाल आन्दोलनका क्रममा भएको क्षतिको विस्तृत विवरण निकाल्ने काम भइरहेको छ । जनताको सेवा–सुविधासँग प्रत्यक्ष जोडिएका कार्यालयमा आगजनी र लुटपाट हुँदा अधिकांश कार्यालयको काम अवरुद्ध भएको छ भने केहीले मात्र सिमित सेवा दिइरहेका छन् । 

यो पनि जेनजी आन्दोलनमा जलेको भग्नाबेसबाट सेवा सञ्चालनको तयारी

Duduwa Tato hawa Bachau Image

मालपोत कार्यालय भवन प्रयोगयोग्य नहुँदा अन्यत्र स्थानान्तरण गरी सेवा दिने तयारी भइरहेको छ । कार्यालय बन्द हुँदा बैंक लगायतका विभिन्न निकायलाई पनि सेवा प्रवाहमा प्रत्यक्ष असर परेको छ ।

यो पनि लुटपाटका सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान 

यो पनि जेनजी आन्दोलन : बाँकेमा तीन सयभन्दा बढी सवारी साधन नष्ट 

यो पनि मुख्यमन्त्री आचार्यद्वारा बाँकेका आगलागी कार्यालयको अनुगमन