बाँके जिल्लाभर ‘निषेधित क्षेत्र’ घोषणा, पाँच जना भन्दा बढी भेला हुन नपाइने
- | नेपाखबर | अपराध–घटना
- २६ भदौ २०८२, बिहिवार
- नेपाखबर
नेपालगन्ज २६ भदौ : जेनजी आन्दोलन पश्चात सिर्जित परिस्थितीका कारण बाँके जिल्लाभरी निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यो पनि जेनजी आन्दोलन : बाँकेमा १० अर्ब बढीको क्षती
बिहीबार (आज) राती १० बजेदेखि अर्को आदेश वा सूचना जारी नभएसम्मका लागि बाँके जिल्लाभरी निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
यो पनि जेनजी आन्दोलन: बाँके सिडियो कार्यालयसहितका सरकारी कार्यालय जलाइयो
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्वारा बिहीबार जारी एक सूचनामा भनिएको छ– “जिल्लाका विभिन्न सरकारी, सार्वजनिक एवम् निजी संरचना र सम्पत्तिको संरक्षण तथा सुरक्षा गर्नुपर्ने, टेलिकम, विद्युुत, वडा कार्यालय, प्रहरी चौकी लगायतका सार्वजनिक निकायहरुमा तोडफोड, आगजनी र हुलदंंगा गर्ने उद्देश्य एवम् मनसाय राखी भेला–जम्मा हुने, चोरी–डकैती लगायतका आपराधिक क्रियाकलाप गर्ने मनसायले संगठित हुने कार्य निरुत्साहित र नियन्त्रण गरी शान्ति सुव्यवस्था थप विश्वसनीय र सुदृढ तुल्याउन आपराधिक मनोवृत्तिका व्यक्तिहरु भेला भई आपराधिक कार्य गर्न-हुन नदिने प्रयोजनका लागि बाँके जिल्लाभरी कुनै प्रकारको जुलुस प्रदर्शन, सभा सम्मेलन एवम् पाँच जना भन्दा बढी भेला हुन नदिन स्थानीय प्रशासन ऐन २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा १ (क) र ३ (क) बमोजिम मिति २०८२÷०५÷२६ गते राती १० बजेदेखि अर्को आदेश वा सूचना जारी नभएसम्मको लागि बाँके जिल्लाभरी निषेधित क्षेत्र घोषणा गरिएको छ।’





0 Comments