सडक क्षेत्रभित्रका संरचना ३० दिनभित्र हटाउन सडक डिभिजनको उर्दी

तोकिएको अवधिभित्र संरचना नहटाए आफैंले हटाउने र त्यसबापत लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी
सडक क्षेत्रभित्रका संरचना ३० दिनभित्र हटाउन सडक डिभिजनको उर्दी

File Photo

नेपालगन्ज ९ जेठ : सार्वजनिक सडक क्षेत्रभित्र निर्माण गरिएका घर, टहरा तथा अन्य संरचना हटाउन सडक डिभिजन कार्यालय बाँकेले उर्दी जारी गरेको छ ।

सार्वजनिक सडक ऐन, २०३१ को दफा ३ र दफा १९ अनुसार राष्ट्रिय राजमार्गको सडक सीमा मिचेर कुनै पनि स्थायी वा अस्थायी संरचना निर्माण गर्न नपाइने उल्लेख गर्दै कार्यालयले अतिक्रमण हटाउन आग्रह गरेको हो।

कार्यालयका अनुसार कर्णाली राजमार्गअन्तर्गत विभिन्न स्थान तथा कोहलपुर–नेपालगन्ज सडक खण्डको दायाँ–बायाँ क्षेत्रमा रहेका संरचनाले सडक विस्तार तथा स्तरोन्नतिमा अवरोध पु¥याएको छ। यसअघि पनि सूचना प्रकाशित गरिएको भए पनि अतिक्रमित संरचना नहटाइएकाले पुनः सूचना जारी गरिएको कार्यालयले जनाएको छ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

सूचनामा जनाइएअनुसार सार्वजनिक सडक क्षेत्रमा निर्माण गरिएका घर, टहरा, पसल, गोठ, पर्खाल, ढल, निर्माण सामग्रीलगायतका अस्थायी तथा स्थायी संरचना सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र हटाउन सम्बन्धित सरोकारवालालाई आग्रह गरिएको छ।

Duduwa Tato hawa Bachau Image

सूचना अनुसार अतिक्रमण हटाउनुपर्ने क्षेत्रहरूमा गणेशमान चोकदेखि कारकाँदो चोक हुँदै कोहलपुर बजारसम्म तथा गणेशमान चोकदेखि कारकाँदो चोक हुँदै कोहलपुर बजारको विभिन्न भाग समावेश रहेका छन्। कार्यालयले तोकिएको अवधिभित्र संरचना नहटाए सार्वजनिक सडक ऐन, २०३१ अनुसार कार्यालय आफैंले हटाउने र त्यसबापत लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिएको छ।

हेर्नुहोस् सूचना