मुख्यमन्त्री आचार्यद्वारा बाँकेका आगलागी कार्यालयको अनुगमन

मुख्यमन्त्री आचार्यद्वारा बाँकेका आगलागी कार्यालयको अनुगमन

नेपालगन्ज ७ असोज : जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपात भएका बाँकेका सरकारी कार्यालयको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुगमन गरेकाछन् । 

गत भदौ २४ गते बाँकेका दुई दर्जन कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएका थिए । ती कार्यालयको निरीक्षण गर्न मुख्यमन्त्री आचार्य मङ्गलबार बिहान बाँके आएका हुन् । 

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

जेन्जी आन्दोलनमा घुसपैठ गरि सरकारी कार्यालयमा आगजनी, लुटपाट र तोडफोडमा संलग्नाको पहिचान गरि कानूनी दायरामा ल्याउनुपर्ने बताएकाछन् ।

स्थलगत अनुगमनपछि मुख्यमन्त्री आचार्यले भने –‘जेन्जी आन्दोलनको नाममा सरकारी सम्पत्ति जलाएर जनतालाई दुस्ख र पिडा दिनेलाई कारबाही गरि दन्डहिनता अन्त्य गर्न आवश्यक छ ।’

मुख्यमन्त्री आचार्यले जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको अनुगमन गरेका थिए ।

प्रदेशसभा सदस्य रत्न खत्रीका अनुसार मुख्यमन्त्री आचार्यले नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, कोहलपुर नगरपालिकासहित नेकपा एमाले र नेपाली काँग्रेसको पार्टी कार्यलय पुगेर क्षेतीको जानकारी लिएकाछन् । उनले प्रदेश सरकारले जलेका कार्यालय सञ्चालनका लागि आवश्यक सहयोग गर्ने बताए ।

मुख्यमन्त्री आचार्यले अत्यावश्यक सेवा नरोकिने बताए । ‘कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोगको कार्य पनि अगाडि बढाइरहेका छौं । जेन्जी आन्दोलनको नाममा भएको घुसपैठले बाँके क्षेत्रका सरकारी संरचना ध्वस्त पार्ने काम भएको छ । जनतालाई दैनिक आवश्यक पर्ने कागजातहरू जलाउने काम भएको छ।’

Duduwa Tato hawa Bachau Image

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा दुई अर्ब बढीको भौतिक क्षति भएको जानकारी दिँदै धेरै कार्यालयबाट सेवा दिन कठिनाइ भइरहेको बताए ।

उनले टेन्ट टाँगेर भए पनि जनतालाई सेवा दिन थालिएको बताए । मुख्यमन्त्री आचार्यले स्रोत जुटाएर क्षति भएका कार्यालयको पुनर्निर्माण गर्ने बताए । उनले आन्दोलनको नाममा कागजात र लगत जलाएर जनतालाई दुःख दिने काम भएको बताए ।