सिद्धार्थको न्यू इयर इभमा रचना रिमाल र चक्रबम एउटै स्टेजमा
- | अर्थ | नेपाखबर | मनोरञ्जन
- १३ पुष २०८१, शनिवार
- नेपाखबर
नेपालगन्ज १३ पुष : अङ्ग्रेजी नयाँ वर्ष २०२५ लाई भब्य रुपमा सफल पार्न सिद्धार्थ होटल नेपालगन्जले सास्कृतिक कार्यक्रम सहित न्यू इयर इभ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
न्यू इयरको अवसरमा होटल सिद्धार्थ नेपालगन्जमा चर्चित गायिका रचना रिमाल र चर्चित गायक चक्र बम सहित स्थानीय कलाकारहरुको बिभिन्न रोचक प्रस्तुती रहने छ ।
नेपालगन्जबासीलाई न्यू इयर इभमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले काठमाण्डौबाट चर्चित गायक गायिकालाई नेपालगन्जमा ल्याएर साँस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
गायिका रचना रिमालका फोटो फिरिममा, उनको प्रिती, भन साईला, आउ तिमी अंगालोमा, चाहन्छु, तिमीले सोँचे भन्दा धेरै, छुट्टै माया पिरिम भन्ने लगायत एक दर्जन भन्दा बढी चर्चित गित छन् भने गायक चक्र बमका लाल कुर्ती, ओइ काजल, नाच मेरी झुमा, बाडुलकी लाउन्या, बम्बई गइजाने, छम्म छम्म, सौराई लागी भन्ने लगायत एक दर्जन भन्दा बढी चर्चित गित छन् ।
यस कार्यक्रमलाई शुरुवात गर्नको लागि काठमाँडौबाट ओपनिङ ब्याण्ड ‘निलिमा एण्ड द सुरुवात ब्याण्ड’ र समापन गर्न नेपालगन्ज बासीलाई नचाउनको लागि डिजे सेडको प्रस्तुति रहनेछ भने यस कार्यक्रमको सञ्चालक समीरमान श्रेष्ठले गर्नेछन् ।
यसैगरी होटेल सिद्धार्थले नयाँ वर्षको अवसरमा आकर्षक छुट सहितका बिभिन्न प्याकेजको ब्यवस्था मिलाएको छ । कार्यक्रमका लागि एक जनाको २५००, कपललाई ४५०० र बच्चालाई १५०० रहेको छ । यो प्याकेजमा सबैलाई वेलकम ड्रिङ्क्समा जुस अथवा क्यान बियर, अनलिमिटेड स्न्याक्स र डिनर पनि समावेश रहेको छ । यसमा नियम र शर्तहरू लागू हुनेछ ।
होटेल सिद्धार्थ नेपालगन्जकै सबै भन्दा धेरै रुम भएको चार तारे लक्जरी होटेल हो । सिद्धार्थ गु्रप अन्तर्गत देशभरका बिभिन्न स्थानमा होटेल, रिर्सोट, रेष्टुरेन्ट, क्याफे सहित ३० वटा आउटलेटहरु सञ्चालन गर्दै आएको छ । दुई महिना भित्रमा सिद्धार्थ कटेज धनगढी र सिद्धार्थ कटेज योगीकुटी बुटवलसँगै नेपाल बाहिर भारतको बहराइजमा तारे होटल सिद्धार्थले सेवा प्रदान गर्ने भएको छ ।





0 Comments