कम्दीमा कम्मर शाह बाबा मेला शुरु

कम्दीमा कम्मर शाह बाबा मेला शुरु

नेपालगन्ज ५ पुष : बाँकेको डुडुवा गाउँपालिका– ५ कम्दीमा शुक्रबारदेखि कम्मर शाह बाबा मेला शुरु भएकोछ ।

चार दिनसम्म सञ्चालन हुने सो मेलामा बाँके र बर्दियाका सर्वसाधारणसँगै सीमावर्ती भारतीय क्षेत्र बाबागञ्ज, नानपारा, श्रावस्तीबाटसमेत ठुलो संख्यामा भारतीय नागरिक मेला भर्न आउने गरेको मेला व्यवस्थापन समितिका अध्यक्ष झंक बहादुर थापाले जानकारी दिए । उनले यो मेला हिन्दु मुस्लिम एकताको रुपमा वर्षौंदेखि आयोजना गरिंदै आएकोले यसको निकै महत्व रहेको बताए ।

मेलामा नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगितासमेत आयोजना गरिने छ । पुष ६ गते स्थानीय कला संस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यका साथ सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरिने समितिका अध्यक्ष थापाले बताए ।

मेलामा सांस्कृतिक प्रतियोगितासंगै विभिन्न झाँकी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिलगायतका गतिविधीहरु समेटिने भएको छ । आयोजकका अनुसार पुष ६ गते नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगिता, ७ गते दिउँसो र रातीसमेत नेपाली सांस्कृतिक कार्यक्रमसँगै नेपाली कलाकारहरुको प्रस्तुति रहने छ । 

Duduwa Tato hawa Bachau Image

प्रतियोगितामा विजयी हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुने प्रतिस्पर्धीलाई ६ हजार ५०० रुपैयाँ पुरस्कार तथा प्रमाण प्रत्र प्रदान गरिने प्रतियोगितामा सहकार्य गरेको स्थानीय नवदुर्गा युवा क्लव डुडुवा–५ बाँकेका अध्यक्ष निर्मल चन्दले बताए ।