कोहलपुर उद्योग बाणिज्य संघले सल्लाहकार र बिशिष्ट सदस्य नियुक्त गर्यो
कोहलपुर ६ पुष : कोहलपुर उद्योग बाणिज्य संघको शुक्रवार सम्पन्न बैठकमा नयाँ सल्लाहकार र बिशिष्ट सदस्यहरूको नियुक्ति गरिएको छ ।
संघको समग्र कार्यकुशलता र दीगो विकासको उद्देश्यले गरिएको यस नियुक्तिको सूचना उद्योग बाणिज्य संघका महासचिव दीपक बहादुर भण्डारीले जानकारी दिएका छन् ।
बैठकमा प्रेस सल्लाहकारको रूपमा पत्रकार निर्मल आचार्य, कानूनी सल्लाहकारको रूपमा अधिवक्ता लोक बहादुर शाह र आर्थिक सल्लाहकारको रूपमा यादव बस्याललाई नियुक्त गरिएको छ । यी नियुक्तिहरू संघको कार्यसमितिमा थप परिपक्वता र स्थिरता ल्याउने उद्देश्यले गरिएको हो ।
प्रेस सल्लाहकारको रूपमा नियुक्त भएका निर्मल आचार्यलाई संघका गतिविधिहरू र समाचारहरूको प्रभावकारी सम्प्रेषणमा महत्वपूर्ण भूमिका रहनेछ । कानूनी सल्लाहकार लोक बहादुर शाहले संघको कानूनी पहलहरूमा मार्गदर्शन दिने र समसामयिक कानूनी प्रावधानहरूको पालनामा ध्यान दिनेछन् । आर्थिक सल्लाहकार यादव बस्यालले संघको वित्तीय निर्णय र योजनामा सहि मार्गदर्शन प्रदान गर्नेछन् ।
यसैगरी, बिशिष्ट सदस्यको रूपमा पूर्व कार्यसमिति सदस्य समेत रहेका तिलप्रसाद सापकोटा चयन भएका छन् । तिल प्रसाद सापकोटा उद्योग बाणिज्य संघका सक्रिय सदस्यहरू मध्ये एक हुन् र संघको विकासमा लामो समयदेखि योगदान गर्दै आएका छन् । उनका अनुभव र कार्यसमितिमा गरेका पहलहरूले संघलाई एक कदम अघि बढाएको छ ।
महासचिव दीपक बहादुर भण्डारीले नयाँ नियुक्त सदस्यहरूलाई बधाई दिँदै भने, ‘यी नियुक्तिहरू संघको समग्र विकास र कार्यकुशलता बढाउने उद्देश्यले गरिएको हो । हामी आशा गर्छौं कि यी सदस्यहरूले संघलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।’
नयाँ नियुक्त सदस्यहरूले पनि आफ्नो भूमिका प्रति गहिरो जिम्मेवारी र प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूको योगदानले संघको नीति, योजना र क्रियाकलापहरूलाई अझ प्रभावकारी बनाउन मद्दत पु¥याउने विश्वास गरिएको छ ।
कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्व र नियुक्त सदस्यहरूको समर्पणले संघलाई स्थानीय र राष्ट्रिय स्तरमा थप सशक्त र प्रभावशाली बनाउने अपेक्षा गरिएको छ ।





0 Comments