मध्यपश्चिमले सञ्चालनमा ल्यायो शौचालय सहितका अत्याधुनिक बस

मध्यपश्चिमले सञ्चालनमा ल्यायो शौचालय सहितका अत्याधुनिक बस

नेपालगन्ज ६ पुष : मध्यपश्चिम जनसेवा यातायत प्रालिले शौचायल सहितको अत्याधुनिक नेपालगन्ज–काठमाण्डौ बस सेवा शुरु गरेको छ । 

एक कार्यक्रमकाबिच शुक्रबार सफारी सेवा शुरु गरिएको हो । सो सेवाको सार्वजनिक यातायत केन्द्रिय महासंघका अध्यक्ष डोलनाथ खनालले उद्घाटन गरे ।  

खनालले पछिल्लो समय स्तरीय बस सेवा दिएपनि व्यवसायीक सुरक्षाको वातारण नरहेको धारणा राखे । उनले बिस्वसनीय सेवा दिन समेत प्रालि परिवारलाई आग्रह गरे ।

३१ सोफा सेट र ४ जना सुतेर यात्रा गर्ने यात्रुहरुका लागी शौचालय बसमा रहेको मध्यपश्चिम जनसेवा यातायत प्रालिका अध्यक्ष बिश्वराज खनालले जानकारी दिए । 

उद्घाटन कार्यक्रममा बागेश्वरी यातायत प्रालिका अध्यक्ष मनप्रसाद आचार्य, नमस्ते यातायत प्रालिका अध्यक्ष निरज चलाउने लगायतले व्यवसायीक सफलताको शुभकामना दिएका थिए । 

Duduwa Tato hawa Bachau Image

मध्यपश्चिम जनसेवा यातायत प्रालिले यसअघि आधी रकेट र तुफान नामक आधुनिक सेवा दिईसकेको छ । झण्डै सवा करोड पर्ने शौचालय सहितको बस सेवा काठमाण्डाँै पछि पोखरा लगायतका अन्य शहरहरुमा पनि सञ्चालन गरिने अध्यक्ष बिश्यवार खनालले जानकारी दिए । खनालले शौचालयसहितको सुविधा सम्पन्न यस्तो बस बाँके जिल्लामा पहिलो भएको दाबि समेत गरे ।