मेयर कप साइकल दौड पुष ६ गते

मेयर कप साइकल दौड पुष ६ गते

नेपालगन्ज २० मंसिर : राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको सातौं संस्करण आगामी पुष ६ गते नेपालगन्जमा गरिने भएकोछ ।

नेपालगन्ज साइक्लिङ् क्लबले नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा आयोजना गर्दै आएको राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको सातौं संस्करण प्रतियोगिताको मिति घोषणा गर्दै क्लबका अध्यक्ष प्रदीप सापकोटाले खेलाडीलाई नाम दर्ता गराउन अनुरोध गरेकाछन् ।

प्रतियोगिता आयोजक नेपालगन्ज साइक्लिङ् क्लबले दिएको जानकारी अनुसार, मङ्सिर ३० गतेसम्म नाम दर्ता गरिसक्ने खेलाडीहरू एमटीबी पुरुषतर्फ खुल्ला ३६ किलोमिटर, पुरुष मास्टर्स खुल्ला २५ किलोमिटरका लागि सहभागी हुन सक्नेछन् ।

त्यस्तै, साधारण साइकल पुरुषतर्फ २२ किलोमिटर र साधारण साइकल महिला १६ किलोमिटरतर्फका खेलाडी बाँकेबाट मात्र सहभागी हुने व्यवस्था मिलाइएको क्लबका अध्यक्ष सापकोटाले जानकारी दिए ।

यसैगरी, २० वर्ष उमेर समूहका विद्यार्थीका लागि एमटीबी स्कुलस्तरीय १६ किलोमिटर साइकल दौड प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिका भित्रका विद्यार्थी मात्र सहभागिता जनाउने व्यवस्था मिलाइएको छ । 

Duduwa Tato hawa Bachau Image

मेयर कपको सातौं संस्करणलाई भव्य बनाउन तयारीका आवश्यक काम अगाडि बढाइएको अध्यक्ष सापकोटाले बताए । उनले नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज साइक्लिङ् क्लबसँगको सहकार्यमा यो प्रतियोगितालाई राष्ट्रियस्तरको बनाउँदै अघि बढाउने बताए ।