समन्वय परिषद्को अध्यक्षमा ओली

समन्वय परिषद्को अध्यक्षमा ओली

नेपालगन्ज १३ कार्तिक : प्रधानमन्त्री कृषि यान्त्रीक परियोजना जिल्ला सञ्चालक समन्वय समिति बाँकेको जिल्ला संयोजकमा कोहलपुर क्षेत्रका अगुवा कृषक उदिराम ओली चयन भएका छन् । आईतबार सम्पन्न कृषकहरूको भेलाले ओलीलाई अध्यक्षमा चयन गरेको हो । 

९ सदस्य समितिको सदस्यहरूमा क्रमश सिता थापा, सावित्री थारू, साहदत अलि बागवान, कृष्ण बिक्रम केसी, धर्मराज यादव, जागरुन निशा, अजय मौर्य र खुस्मादिन खाँ रहेका छन् । 

प्रधानमन्त्री कृषि यान्त्रिक परियोजनाले बाँके जिल्लामा विगतमा धान खेती, मकै जोनका रुपमा काम गर्दै आएकोमा यस वर्षदेखि तरकारी र प्याज खेतमा सपोर्ट गर्ने कार्यक्रम छ । 

बाँके जिल्लाको जानकी, डुडुवा, बैजनाथ, कोहलपुर र नेपालगन्ज उपमहानगरपालिकामा काम गर्दै आएको छ । परियोजनाले कृषक समुह, फर्म र सहकारीका लागी बिउ, सिँचाई, कृर्षियन्त्र र टनेल खेतीमा साझेदारीमा सहयोग पु¥याउँदै आएको छ । समन्वय परिषदका संयोजक वलीले कृषकहरू लाई ५० प्रतिशत सहयोग गर्ने गरेको जानकारी दिए । 

ओलीले प्रधानमन्त्री कृषि यान्त्रीक परियोजना जिल्ला सञ्चालक समन्वय समितिमा सूचिकृत भएका ९१ कृषक समुह, फर्म र सहकारीहरू कम्तीमा ५ कठ्ठा क्षेत्रफलमा खेती गर्ने जानकारी दिए । तरकारी खेती मध्ये प्याज खेती अनिवार्य रहेको उनको भनाई छ ।  

Duduwa Tato hawa Bachau Image

ओली कोहलपुरमा रहेको कृषि उपज थोक बजार कोहलपुर–११ को अध्यक्ष हुन भने कोहलपुर–३ मा व्यवसायिक तरकारी खेती गर्दै आएका छन् ।