एक दिवसीय बाल भित्तेपत्रिका लेखन सम्बन्धि अभिमुखिकरण सम्पन्न
- | नेपाखबर
- २९ जेठ २०८३, शुक्रवार
- नेपाखबर
नेपालगन्ज २९ जेठ : बालकालिकाहरूको सृजनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित एक दिने बाल भित्तेपत्रिका लेखन तथा प्रकाशन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । जनचेतना बालक्लबका बालबालिकाहरुलाई बाल भित्तेपत्रिका लेखन सम्बन्धि अभिमुखिकरण प्रदान गरिएको हो ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर–१, गाभर स्थित रारा माध्यमिक विद्यालयमा रहेको जनचेतना बालक्लबका बालबालिकाहरुलाई आज शुक्रबार बालभित्तेपत्रिका लेखन सम्बन्धि अभिमुखिकरण प्रदान गरिएको थियो ।
अष्ट्रेलियन एड र कारितास अष्ट्रेलियाको आर्थिक सहयोगमा, कारितास नेपालद्वारा सञ्चालित नेपाल जीविकोपार्जन तथा उत्थानशीलता कार्यक्रम (NLRP–II) अन्तर्गत आधारभूत बाल अधिकार सुनिश्चित गर्दै बालमैत्री विद्यालय प्रवद्र्धन तथा बालबालिकाको क्षमता र व्यक्तित्व विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ अभिमुखिकरण प्रदान गरिएको कारितासका नेपालका प्रादेशिक कार्यक्रम अधिकृत ऋषी शर्माले जानकारी दिए ।
जनचेतना बालक्लबको सहकार्यमा भएको बाल भित्तेपत्रिका लेखन अभिमुखीकरणमा रारा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ७ देखि १० कक्षासम्मका ३० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
पूर्व बालक्लब सदस्य समेत रहेका पत्रकार विजय मल्लको प्रशिक्षण तथा सहजीकरणमा सहभागी विद्यार्थीहरूले भित्ते पत्रिका लेखनसम्बन्धी आधारभूत ज्ञान हाँसिल गर्नुका साथै सिर्जनशील सोँच, विचार अभिव्यक्ति, लेखन कला र प्रस्तुती क्षमताको विकास गर्न सफल भएका छन् । सोक्रममा विद्यार्थीहरूले आफ्नै सिर्जनात्मक प्रयासबाट भित्ते पत्रिका तयार गरेका थिए ।
कार्यक्रमको समापन शत्रमा बोल्दै जनचेतना बालक्लबकी अध्यक्ष संगिता बुढाले बालबालिकाको आवाजलाई प्रवद्र्धन गर्न भित्तेपत्रिका सशक्त माध्यम भएको र यसलाई विद्यालयहरूमा निरन्तरता दिइने बताइन् । उनले अबदेखि आफ्ना सिर्जनाहरूलाई नियमित रूपमा भित्तेपत्रिकामार्फत प्रकाशन गर्ने प्रतिबद्धता जनाइन् ।
सो अवसरमा रारा माध्यमिक विद्यालयका शिक्षक एवम बालक्लब संरक्षक शिक्षक कृष्ण कुमार शाही, कारितास नेपालका प्रादेशिक कार्यक्रम अधिकृत ऋषी शर्माले बालबालिकाको सिर्जनशिलता प्रस्फुटन गराउनुका साथै उनीहरुको सीप र क्षमता अभिवृद्धि गराउन यस्ता खाले कार्यक्रमले सहयोग पुग्ने गरेको बताएका थिए ।
बालबालिकाको नेतृत्व विकास, सीप अभिवृद्धि तथा क्षमता सशक्तीकरणमार्फत गुणस्तरीय शिक्षा र बालमैत्री वातावरण प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यका साथ कारितास नेपालले यस्ता कार्यक्रमहरू विगत ४ वर्षदेखि बाँकेको बैजनाथ गाउँपालिका विभिन्न वडाहरूमा सञ्चालन गर्दै आइरहेको छ ।





0 Comments