डुडुवाको सञ्चार नीति तयार पारिँदै, मस्यौदामाथी पत्रकारबीच परामर्श

डुडुवाको सञ्चार नीति तयार पारिँदै, मस्यौदामाथी पत्रकारबीच परामर्श

नेपालगन्ज २९ जेठ : डुडुवा गाउँपालिकाले छिटै सञ्चार नीति सार्वजनिक गरि कार्यान्वयनमा ल्याउँदैछ । यसका लागि पालिकाले तीव्र गतीमा कार्य अगाडी बढाएकोछ । 

डुडुवाको सञ्चार नीति निमार्णका क्रममा विभिन्न चरणमा छलफल तथा परामर्श गरिएको छ । सोक्रममा सञ्चार नीतिको मस्यौदामाथी पत्रकार तथा सञ्चार गृहका प्रकाशन सम्पादकसँग सुझाव तथा परामर्श गरिएको छ । 

डुडुवा गाउँपालिकाले आयोजना गरेको परामर्श कार्यक्रममा मस्यौदा निमार्ण समितिका विज्ञ सदस्य राकेश कुमार मिश्रले नीतिको मस्यौदा प्रस्तुतीकरण गरेका थिए । प्रस्तुत गरिएको मस्यौदामाथी पत्रकारहरुले सञ्चारसंग सम्वन्धित विभिन्न कानूनी कुराहरुमा सुझाव दिएका थिए । 

स्थानीय तहको सञ्चार तथा सूचना प्रवाहलाई व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन नीति निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनले स्थानीय तहमा सञ्चार क्षेत्र तथा पत्रकारहरुको विकासका लागि नीतिगत रुपमा अघि बढने उद्देश्यले कानून बनाउन लागेको बताए । 

कार्यक्रममा स्थानीय सरकार र सञ्चार माध्यमबीचको सम्बन्ध तथा जनउत्तरदायी सञ्चार प्रणाली निर्माणका विषयमा छलफल भएको थियो । कार्यक्रमका सहभागीले यस्तो छलफलले नीति निर्माण प्रक्रियालाई थप व्यवहारिक, समावेशी तथा जनमुखी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्दै सञ्चार नीतिलाई समयसापेक्ष, व्यावहारिक र सञ्चारमैत्री बनाउन आवश्यक सुझावहरू दिएका थिए । 

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत विक्रम गिरीले पत्रकार तथा सञ्चार गृहको हित हुने गरी सञ्चार नीति बनाउने प्रतिबद्धता गरे ।

Duduwa Tato hawa Bachau Image

कार्यक्रममा पालिकाका सूचना अधिकारी तथा मस्यौदा निमार्ण समितिका सदस्य सचिव सञ्जयकुमार कर्ण, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष समेत रहेका समितिका संयोजक नविन गिरीले नीतिमा भएका विषयबस्तुका बारेमा जानकारी गराएका थिए ।

परामर्श कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अली, पूर्व अध्यक्ष निरज कुमार गौतम, पत्रकारहरु कमल न्यौपाने, शंकर प्रसाद खनाल, कुमार श्रेष्ठ, विश्वराज पछ्लडंग्या, मोहम्मद आरिफ अन्सारी, डक्ट धिताल, अर्जुन ओली, रूपनी जिएम, रेजिना मल्ल र रूपा गहतराज लगायतले सुझाव दिएका थिए ।