लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ, युवा तथा खेलकुद मन्त्रालय अझै मन्त्रीविहीन

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ, युवा तथा खेलकुद मन्त्रालय अझै मन्त्रीविहीन

नेपालगन्ज ८ कार्तिक : लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् ।

बिहीबार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

यो पनि नेपालगन्जका आदेशसहित लुम्बिनीमा थपिए तीन नयाँ मन्त्री

बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानून मन्त्रीको शपथ लिएका छन् । शपथ लिएका मध्य तिमिल्सीना र कलवार नेपाली काँग्रेस र अग्रवाल जनता समाजवादी पार्टीका हुन् ।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, काँग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ । प्रदेशमा १२ मन्त्रालय छन् । 

युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । यो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री स्वयंम्सँग छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार प्रदेश मन्त्रिपरिषद् पुर्नगठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । सोही आधारमा नव नियुक्त मन्त्रीको शपथ गरिएको हो ।

Duduwa Tato hawa Bachau Image

नेपाली काँग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सत्ता साझेदार दल नेपाली काँग्रेस दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिपक्ष दलका नेकपा माओवादीका दल नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीलगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो ।