विनौना खुकुरी प्रहार घटना : वडाध्यक्ष ओलीसहित १० जना थुनामा
- | राजनीति | नेपाखबर | अपराध–घटना
- १ असोज २०८१, मङ्गलवार
- नेपाखबर
नेपालगन्ज १ असोज : जिल्ला अदालत बाँकेले राप्ती–सोनारी गाउँपालिका –२ का वडा अध्यक्ष ज्ञानेन्द्रराज ओलीसहित १० जनालाई ज्यान मार्ने उद्योग मुद्दामा पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
यो पनि विनौना खुकुरी प्रहार घटनाः अदालतभित्र बहस, बाहिर दुवै पक्ष धर्ना र नाराबाजीमा
जिल्ला न्यायाधीश दिपक घिमिरेको इजलाशले आइतबार वडा अध्यक्ष वलीसहित १० जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । वडाध्यक्ष वली, बिशाल बस्नेत, चुडामणी वली, लोकबहादुर डाङ्गी र रत्नबहादुर भण्डारीविरुद्ध मुद्दा दर्ता गरिएको हो । उनीहरु पाँचैजना पक्राउ परेका छन् ।
यसैगरी हाल फरार रहेका नारायण डाङ्गी, नविन गुरुङ, आगमनप्रताप सिंह, सन्तोष गुप्ता र पूर्णचन्द्र देवकोटाविरुद्ध मुद्दा दायर गरिएको छ । मुद्दाको वहस जारी रहँदा आईतबार पनि जिल्ला अदालत बाहिर दुबै पक्षले धर्ना दिएका थिए ।
राप्तीसोनारी –२ का स्याण्डी भनिने सन्दिप विष्ट र बैजनाथ –७ का सुलभ मल्ललाई एक समूहले गत भदौं १ गते धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए । मल्ल र विष्टको शिक्षण अस्पताल नेपालगञ्ज, भारतको लखनउ हुँदै हाल नयाँ दिल्लीमा उपचार भइरहेको छ ।
विष्टको दुबै हातमा र मल्लको कोखामा धारिलो हतियार प्रहार भएको छ । दुबैको अवस्था गम्भीर रहेको आफन्तका सदस्यको भनाइ छ । बिष्ट र मल्लमाथि आक्रमण भएको घटनामा संलग्न रहेको भन्दै वडाध्यक्ष ओलीसहित १० जनाबिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।





0 Comments