वैदेशिक रोजगार ठगीका दुई आरोपी भारतबाट पक्राउ

वैदेशिक रोजगार ठगीका दुई आरोपी भारतबाट पक्राउ

नेपालगन्ज ९ भदौ : वैदेशिक रोजगार ठगीका दुई आरोपीलाई भारतको दिल्लीबाट प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दाङ लमही नगरपालिका–४ का देव सुनार र सोही ठाउँ बस्ने भीमकुमार सुनार रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनारद्वयलाई भारतको दिल्लीबाट पक्राउ गरी कञ्चनपुर हुँदै काठमाडौं ल्याएको हो ।

प्रहरीका अनुसार युरोपेली मुलुकमा लैजाने भनेर सर्वसाधारणसँग एक करोड रुपैयाँभन्दा बढी रकम उठाएर यी दुई फरार भएका थिए । 

वैदेशिक रोजगार विभागको पत्रअनुसार उनीहरूलाई पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।

Duduwa Tato hawa Bachau Image