जन्मदिनको पार्टीमा कुटाकुट हुँदा बर्दियाका राज कार्कीको मृत्यु

जन्मदिनको पार्टीमा कुटाकुट हुँदा बर्दियाका राज कार्कीको मृत्यु

नेपालगन्ज ५ साउन : जन्मदिनको पार्टीमा कुटाकुट हुँदा बर्दियाका राज कार्कीको मृत्यु भएकोछ । भक्तपुरमा जन्मदिन मनाउन आयोजना गरेको पार्टीमा बिबाद हुँदा कुटाकुटबाट उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रवक्ता डीएसपी दीपककुमार कार्कीका अनुसार मृत्यु हुनेमा बर्दिया घर भइ हाल सल्लाघारी बस्ने राज कार्की हुन् ।

घ्याम्पेडाँडामा आईतबार राति जन्मदिन मनाउन उनीसहित ३०–४० जना पुगेको र राति खानपिनको क्रममा विवाद भएको अनुसन्धानबाट खुलेको डीएसपी कार्कीले बताए ।

Duduwa Tato hawa Bachau Image

विवादका क्रममा हानाहान हुँदा राज गम्भीर घाइते भएका थिए । उनको मंगलबार मृत्यु भएको हो ।  राजको शव दुवाकोट अस्पतालमा राखिएको छ । घटनास्थलमा रहेका ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।