ट्रेड युनियनलाई तीनदिने अल्टिमेटम
नेपालगन्ज २२ असारः निजामती कर्मचारी ट्रेड युनियनलाई तीन दिनभित्र सरकारी कार्यालय खाली गर्न अल्टिमेटम दिइएकोछ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना प्रकाशन गर्दै उक्त अल्टिमेटम दिएको हो ।
सूचनामा निर्धारित समयमा भवन तथा अन्य संरचना खाली गरी सम्बन्धित निकायलाई बुझाउन मन्त्रालयले आग्रह गरेको छ ।
सरकारले २०८३ वैशाख २० गते नेपाल राजतत्रमा प्रकाशित निजामती सेवा ऐन, २०४९ को दोस्रो संशोधनमार्फत निजामती कर्मचारी ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेको थियो । त्यसआधारमा सरकारी स्वामित्वका भवन तथा संरचना प्रयोग गर्ने कानूनी आधार समाप्त भइसकेको मन्त्रालयले जनाएको छ ।
कार्यालय खाली गर्न भनिएका र अटेरी गर्ने संगठनहरुमा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन छन् ।
नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ र मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल रहेका छन् ।
सूचनामा प्रकाशन भएको मितिले तीन दिनभित्र कार्यालय पूर्ण रूपमा खाली गरी सम्बन्धित निकायलाई बुझाउन भनिएको छ । तोकिएको अवधिभित्र सरकारी भवन खाली नगरे वा अटेर गरे प्रचलित कानूनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।





0 Comments